गुड्रिंक ग्रुप ब्दारा चिया श्रमिकहरु सम्मानित

IMG-20250927-WA0119

दार्जीलिंङ: गुड्रिक ग्रुप लिमिटेड अधिनस्थ थर्बु चिया कमानका चिया श्रमिकहरूलाई चिया कमानमा कर्म संस्कृति जगेरा गर्ने अभिप्रायले गर्ने गुड्रिक कम्पनीले यसवर्ष सर्वाधिक हरियाे चिया टिप्ने चिया श्रमिकहरूलाई सम्मान सहित पुरस्कृत गरेकाे छ। २६ सेप्टेम्बर २०२५ काे दिन थर्बु चिया कमानकाे दुई विभागका चिया श्रमिकहरू जसले यसवर्ष सर्वाधिक हरियाे चिया टिपेका थिए उनीहरूलाई प्रत्येक विभागमा पहिलाे,दाेस्राे र तेस्राे गरेर तीन तीन जनालाई सम्मान सहित गुड्रिक ग्रुप लिमिटेडका भि. ए. जीवन चन्द्र पाण्डेकाे बाहुलीबाट सम्मानसहित पुरस्कृत गरिएकाे छ।पुरस्कारहरूमा पहिलाे हुनेलाई ग्यास चुल्हाे, दाेस्राेलाई राइस कुकर र तेस्राेलाई प्रेसर कुकर राखिएकाे थियाे ।नेपालीकाे महान् चाड बडा दशैकाेअबसरमा कम्पनीबाट पुरस्कृत हुने श्रमिकहरू थर्बु माथिल्लाे विभागका चिया श्रमिकहरू क्रमै संग श्रीमती शकुन्तला प्रधानले प्रथम, श्रीमती ममता प्रधानले दाेस्राे र श्रीमती शान्ता छेत्रीले तेस्राे पुरस्कार हत्याउन सफल भए भने थर्बु निम्न प्रान्तका श्रमिकहरू क्रमश: श्रीमती पुर्णमाया राईले प्रथम,श्रीमती बिरमित राईले दाेस्राे र श्रीमती रंगिला राईले तेस्राे पुरस्कार हत्याउन सफल बनेका छन्।पुरस्कार कार्यक्रम थर्बु चिया कमानका प्रबन्धक सुमन दास साथै सह-प्रबन्धकहरूकाे उपस्थितिमा निम्न प्रान्तकाे श्रमिकहरूलाई थर्बु चिया कमानकाे कार्यालयमा प्रदान गरिए भने माथिल्लाे विभागका श्रमिकहरूलाई मिरिककाे अति रमणीय स्थल अठाईस डाँडामा श्रमिकहरूकाे कर्मस्थलमा नै प्रदान गरिएकाे युनियन नेता अजम प्रधानले जानकारी गराएका छन्।

About Author

Advertisement