गाँजासहित दुई तस्कर पक्राउ

IMG-20250307-WA0287

सिलगढी: गाई र भैंसीपछि अब विधाननगर थानाको पुलिसले गांजा तस्करीको योजनालाई असफल बनाएको छ। सूचनाको आधारमा चारपाङ्ग्रे सवारीसाधनको खोजी गर्दा गाडीभित्रबाट २६ किलो गाँजा बरामद भएको थियो। गाँजा तस्करी गर्न अघि नै पुलिसले गाडीमा सवार दुई युवा स्नेहाशिष बर्मन र बुद्धदेव बर्मनलाई पक्राउ गरीपुलिस चौकीमा ल्याएको थियो।
पुलिस स्रोतका अनुसार काेचबिहार क्षेत्रमा घर भएका दुवै जना गाँजा तस्करी गर्न कारमा काेचबिहारबाट रायगञ्ज जाँदै थिए। बरामद २६ किलो गाजाको बजार मूल्य २ लाखभन्दा बढी छ।

पक्राउ परेका दुवै अभियुक्तलाई आज सिलगढी मजिस्ट्रेट अदालतमा पठाइएको छ।

About Author

Advertisement