नयाँ दिल्ली: दक्षिण अफ्रिकाविरुद्ध कलकत्ता टेस्ट म्याचले भारतीय ब्याटरहरूका स्पिन खेल्ने कमजोरीलाई फेरि एकपल्ट उजागर गऱ्यो। गौतम गम्भीरको अगुवाईमा रहने टीम म्यानेजमेण्टले टर्निंग पीचको माग गरेको थियो तर त्यही फसेलाले भारतलाई डुबायो। स्पिन सहायक ईडन गार्डन्सको पीचमा भारतीय ब्याटरहरूलाई संघर्ष गरिरहेको देखियो। यस प्रदर्शनपछि रविचन्द्रन अश्विनले खुलेर भारतीय ब्याटरहरू स्पिनविरुद्ध विश्वका सर्वश्रेष्ठ नरहेको बताएका छन्। उनले विदेशी खेलाड़ीहरू सर्वश्रेष्ठ रहेको दावी गरेका छन्। यसरी महान ब्याटर सुनिल गावस्करले पनि विवादलाई अघि बढ़ाउँदै भारतीय खेलाड़ीहरूका तयारी, अभ्यास र घरेलु क्रिकेटबाट दूरी बनाएको कुरालाई अघि राखेका छन्। पूर्व दिग्गज स्पिनर अश्विनले भने, हामी यस समय स्पिनको सबैभन्दा असल खेलाड़ी होइनौं। विदेशी टीमहरू हामीभन्दा अघि रहेको छ कारण उनीहरूले भारत आएर स्पिनको धेरै अभ्यास गर्छन्। हामी त्यस स्तरको तयारी गर्दैनौं। अश्विनको भनाइअनुसार, भारतीय ब्याटरहरूले पेस बलिंगविरुद्ध असाधारण तरिकाले खेल्छन् कारण उनीहरू त्यसलाई चुनौती मान्छन् तर स्पिनलाई लिएर त्यस्तो दृष्टिकोण राख्दैनन्। यसरी दिग्गज ब्याटर गावस्करले भारतीय खेलाड़ीहरूका स्पिनविरुद्ध कमजोरीको निम्ति घरेलु क्रिकेटबाट दूरीलाई औंल्याएका छन्। उनले भने, हाम्रा खेलाड़ीहरूले घरेलु क्रिकेट नै खेल्दैनन्। रणजी ट्रफीमा यस्ता पीचहरूमा खेल्नु दैनन्दिनको कुरा हो। घरेलु क्रिकेटमा पनि पोइण्ट हासिल गर्न टीमहरूले टर्निंग पीच तयार गर्छ तर हाम्रा कतिजना खेलाड़ीले नै रणजी म्याच खेल्छन् र ? घरेलु क्रिकेटबाट दूरी बनाएपछि टर्निंग पीचहरूमा संघर्ष गर्नु स्वभाविक कुरा हो। गावस्करले भारतीय टीमको वर्कलोड म्यानेजमेण्ट रणनीतिमाथि पनि कड़ा प्रहार गरे। उनको भनाइअनुसार, धेरै खेलाड़ीहरूले फर्म खराब हुँदा मात्र रणजी ट्रफी खेल्छन् जबकि अन्य समय वर्कलोडको तर्क पेश गरी टाढ़ा भाग्ने गर्छन्। उनले भने, अहिले वर्कलोड भन्ने नयाँँ चीज आएको छ। उनीहरू खेल्न नै चाहँदैनन्। फर्म नहुँदा मात्र रणजीमा खेल्छन्। स्पिन सहायक पीचहरूमा खेल्नु छ भने घरेलु क्रिकेटभन्दा असल तयारी अरू केही हुन सक्दैन। यो कुरा बुझ्नु पर्छ। भारतीय टीमलाई स्पिन पीचहरूमा निर्भरयोग्य ब्याटर चाहियो भने चयनकर्ताहरूले घरेलु क्रिकेट खेल्ने खेलाड़ीहरूमाथि अधिक ध्यान दिनु पर्नेछ। उल्लेखनीय छ, स्पिन आक्रमणविरुद्ध कमजोरी भारतीय क्रिकेटको निम्ति एउटा चेताउनी हो। एक समय स्पिन आक्रमणविरुद्ध विश्वको सर्वश्रेष्ठ टीम मानिने भारत अहिले त्यही विभागमा पछाड़िँदै गइरहेको छ। गम्भीरको टर्निंग पीचको रणनीति उल्टा साबित हुनु यसको ताजा उदाहरण हो। भारतीय ब्याटरहरूले घरेलु क्रिकेटमा हिस्सा लिएर तयारी गरे मात्र यस समस्याको हल हुन सक्नेछ।











