कोलकाता: सन् १८६८ मा स्थापना भएको राजस्थानको प्रतिष्ठित आभूषण कम्पनी जेकेजे ज्वेलर्सले कोलकातामा ‘सन्दूक’ नामक विशेष आभूषण प्रदर्शनीको आयोजना गरेको छ। जयपुरको शाही आभूषण परम्पराबाट प्रेरित यस तीनदिने प्रदर्शनीकाे कोलकातास्थित ताज बंगाल होटलमा १६ देखि १८ तारिखसम्म सञ्चालन गरिएको थियो। प्रदर्शनीमा कम्पनीको नवीनतम २०२६ ‘भव्य संग्रह’ प्रस्तुत गरियाे।
सत्यनारायण मोसुन समूहअन्तर्गत आठ पुस्तादेखि निरन्तर रूपमा अगाडि बढ्दै आएको जेकेजे ज्वेलर्स पोल्की तथा हेरिटेज आभूषण निर्माणमा विश्वस्तरमै परिचित छ। कम्पनीका सम्पूर्ण आभूषणहरू आफ्नै कार्यशालामा निर्माण गरिन्छन्। ‘सन्दूक’ प्रदर्शनीमा राखिएका प्रत्येक आभूषण एकमात्र नमुना हुन्, जसले यसको विशिष्टता र ऐतिहासिक मूल्य झल्काउँछ।
प्रदर्शनीबारे जानकारी दिँदै जेकेजे ज्वेलर्सका निर्देशक जतिन मोसुनले कोलकाताले सधैं उत्कृष्ट कारीगरीको सम्मान गर्ने गरेको बताए। उनले ‘सन्दूक’ मार्फत जयपुरको शाही कला कोलकाताका ग्राहकसम्म ल्याइएको उल्लेख गरे।
त्यसैगरी, निर्देशक राहुल मोसुनले जयपुरका आभूषणहरूमा परम्परा, धैर्य र सूक्ष्म कारीगरीको कथा समेटिएको बताए। ‘सन्दूक’ केवल आभूषण प्रदर्शनी नभई भारतीय शाही संस्कृतिको पुनर्जागरण भएको उनको भनाइ थियो।
बिजनेस डेभलपमेन्ट म्यानेजर अनुराग रायले कम्पनीको १०० प्रतिशत बायब्याक ग्यारेन्टी ग्राहकप्रतिको दीर्घकालीन विश्वासको प्रतीक भएको बताए। प्रदर्शनी अवधिभर खरिद गर्ने ग्राहकहरूलाई सुन र चाँदीका सिक्का जित्ने विशेष अवसर प्रदान गरियाे।
जयपुरमा चारवटा फ्ल्यागशिप शोरूम र कोलकाताको बड़ा बजारस्थित मुख्य कार्यालयमार्फत जेकेजे ज्वेलर्सले पूर्वी भारतमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै लगेको छ। प्रदर्शनीको पहिलो दिनमै कोलकाताका ग्राहकहरूबाट उल्लेखनीय उत्साह देखिएको छ।









