के उदयपुरमा बज्नेछ शहनाई?

rashmika-mandanna-and-vijay-deverakonda-will-soon-grand-wedding-in-udaipur-know-details-2025-11-06-18-28-03

रश्मिका मन्दाना–विजय देवरकोंडाको ‘गोप्य’ विवाहको जोरदार चर्चा

मुंबई: सूत्रहरूले मंगलबार पुष्टि गरेका छन् कि अभिनेता जोडी रश्मिका मन्दाना र विजय देवरकोंडा फागुन १४ (२६ फेब्रुअरी) मा उदयपुरमा विवाह गर्ने तयारीमा छन्। यो विवाह उनीहरूका लागि एक निजी समारोह हुनेछ। अक्टोबरमा नजिकका परिवारका बीच गोप्य रूपमा सगाइ गरेका यी कलाकारहरूले विवाह पनि सिमित उपस्थितिमै गर्ने योजना बनाएका हुन्।
रश्मिका मन्दाना र विजय देवरकोंडा त्यसपछि हैदराबादमा फिल्म इन्डस्ट्रीका लागि एक रिसेप्सन गर्नेछन्। सूत्रहरूले बताएअनुसार उनीहरू २६ फेब्रुअरी २०२६ मा उदयपुरस्थित एक दरबार (महल) मा विवाह गर्ने योजना बनाइरहेका छन्, जसअघि उनीहरूको सगाइ ३ अक्टोबर २०२५ मा हैदराबादमा भएको थियो। कलाकारहरूले भने अहिलेसम्म आफ्नो सगाइ वा विवाहको औपचारिक घोषणा गरेका छैनन्।
हालै एक अन्तर्वार्तामा रश्मिकाले विवाहसम्बन्धी अफवाहबारे लजाउँदै प्रतिक्रिया दिँदै भनिन्, “म अहिले विवाहको पुष्टि पनि गर्न चाहन्न, न त इन्कार नै। जब यसबारे बोल्ने उचित समय आउँछ, हामी स्वतः भन्नेछौँ।”
यद्यपि विजय देवरकोंडा र रश्मिका मन्दानाले आफ्नो सम्बन्धबारे खुलस्त कुरा गरेका छैनन्, उनीहरूले सामाजिक सञ्जालमा एक-अर्काका फिल्महरूलाई लगातार समर्थन गर्दै आएका छन्। अगस्टमा न्यूयोर्कमा सम्पन्न ४३औँ इंडिया डे परेडका दौरान, जहाँ उनीहरू ‘ग्र्यान्ड मार्शल’ थिए, दुवै एक-अर्काबाट नजर हटाउनै नसकेको चर्चा चलेको थियो। विजय र रश्मिकाले तेलुगु फिल्महरू ‘गीता गोविन्दम’ र ‘डियर कम्रेड’ मा सँगै काम गरिसकेका छन्, र खबर अनुसार उनीहरू निर्देशक राहुल सांकृत्यनको आगामी फिल्ममा पनि फेरि एकसाथ देखिनेछन्।
वर्क–फ्रन्टको कुरा गर्दा, विजय देवरकोंडा पछिल्लो पटक गौतम तिन्नानुरीको ‘किङ्डम’ मा देखिएका थिए, जबकि रश्मिका मन्दाना आयुष्मान खुरानासँग ‘थम्मा’ मा देखिइन् र यस वर्ष तेलुगु फिल्म ‘द गर्लफ्रेन्ड’ मा पनि अभिनय गरिन्। रश्मिकाका आगामी प्रोजेक्टमा ‘ककटेल २’ र ‘मैसा’ समावेश छन्। विजय देवरकोंडा भने अब ‘राउडी जनार्दन’ मा देखिन लागेका छन्।

About Author

Advertisement