कुआलालमपुरमा मोदीको सम्बोधन

9.moi

भारत–मलेशिया सम्बन्धलाई “भविश्य उन्मुख साझेदारी”को रूपमा प्रस्तुत

नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेंद्र मोदीले मलेशियाको राजधानी कुआलालमपुरमा आयोजित सामुदायिक कार्यक्रममा भारत–मलेशिया सम्बन्धलाई “प्रभावशाली र भविष्य उन्मुख साझेदारी”को रूपमा प्रस्तुत गरेका छन्। मोदीले भारतीय प्रवासी समुदायलाई दुई देशका बीचको मजबूत सेतु बताए र मलेशिया सरकार र भारतीय समुदायलाई समर्थन र सम्मानको लागि आभार व्यक्त गरे।
प्रधानमन्त्री मोदीले मलेशियामा भारतीय भाषाका स्कूल र संस्कृतिको महत्वको उल्लेख गर्दै भारत र मलेशियाबीचको सांस्कृतिक समानताका बारेमा बोले। साथै, मलेशियामा भारतीय तमिल समुदायको योगदानलाई विशेष मान्यता दिँदै तिरुवल्लुवर चेयर र तिरुवल्लुवर केन्द्रको स्थापना बारे जानकारी दिए।
आर्थिक क्षेत्रको बारेमा उनले भारतको डिजिटल क्रान्ति र व्यापारीक सफलताको चर्चा गर्दै मलेशिया सँग व्यापार र निवेशमा सहकार्यलाई बलियो बनाउनका लागि यूपीआई प्रणालीको विस्तार हुने बताएका छन्।


About Author

Advertisement