कामाख्यागुडी घोडामारा रेलगेटमा ओभरब्रिज निर्माण कार्य सुरु, स्थानीय जनता खुशी

Screenshot_20260219_172840_Instagram

कुमारग्राम: कुमारग्राम ब्लकको कामाख्यागुडीमा रेल ओभरब्रिज निर्माण कार्यको उद्घाटन सम्पन्न भएको छ। उद्घाटन कार्यक्रममा अलिपुर्दुवारका सांसद मनोज टिग्गा, राज्यसभाका सांसद प्रकाश चिकबराइक, कुमारग्रामका विधायक मनोजकुमार ओराउँ, रेलको अलिपुर्दुवार डिभिजनका एडिआरएम एस. कामेइ लगायत अन्य व्यक्ति उपस्थित थिए।
जानकारी अनुसार, उक्त ओभरब्रिज निर्माणमा ७७ करोड रुपैयाँ खर्च हुनेछ। रेल विभागले एक वर्षभित्र ओभरब्रिज निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।
उक्त दिन प्रारम्भमा तृणमूल कांग्रेसका नेता–कार्यकर्तासँगै उद्घाटन कार्यक्रममा उपस्थित भए राज्यसभाका तृणमूल कांग्रेस सांसद प्रकाश चिकबराइक। उनी केही समयपछि कार्यक्रमस्थल छाडेपछि मञ्चमा उपस्थित भए अलिपुर्दुवार लोकसभा क्षेत्रका भाजपा सांसद मनोज टिग्गा, कुमारग्रामका भाजपा विधायक मनोजकुमार ओराउँसहित भाजपा नेता–कार्यकर्ताहरू।
उद्घाटन कार्यक्रममा भाजपा नेता–कार्यकर्ताहरू उल्लासित देखिएका थिए। लामो आन्दोलनको पछि ओभरब्रिज निर्माण कार्य सुरु भएकोमा स्थानीय व्यवसायी वर्गदेखि लिएर सामान्य जनता खुसी व्यक्त गरेका छन्।
रेलको अलिपुर्दुवार डिभिजनका एडिआरएम एस. कामेइले भने, “७७ करोड रुपैयाँ खर्च गरेर यहाँ ओभरब्रिज निर्माण हुनेछ। एक वर्षभित्र यस कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ।”

About Author

Advertisement