काग्येड नृत्यको पावन अवसरमा मुख्यमंत्रीकाे राज्यका सम्पूर्ण जनताप्रति हार्दिक शुभकामना

FB_IMG_1766062029338

गान्तोक: काग्येड नृत्यको पावन अवसरमा सिक्किमका मुख्यमंत्री प्रेम सिंह तामाङले राज्यका सम्पूर्ण जनताप्रति हार्दिक शुभकामना तथा मंगलमय कामना व्यक्त गरेका छन्।
सामाजिक संजाल मार्फत मुख्यमंत्रीले आफ्नो आशयमा मुखौटा लगाएका भिक्षु र लामाहरूले प्रस्तुत गर्ने काग्येड छाम एक गहिरो आध्यात्मिक परम्परा हो, जसले नकारात्मकतामाथि सकारात्मकताको विजयलाई दर्शाउँछ भनि उल्लेख गरेका छन्। मुख्यमंत्रीले अझ अघि भने यसले बितेको वर्षका नकारात्मक प्रभावहरूलाई शुद्ध गर्दै आगामी वर्षका लागि शान्ति, सद्भाव र कल्याणको शुभारम्भ गर्दछ। यसैले यो पवित्र पर्वले प्रत्येक घरमा सुख, करुणा र शान्ति भरियोस्, र सबैका लागि नयाँ आशा तथा अर्थपूर्ण आरम्भको प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।

About Author

Advertisement