कश्मीरमा हिमपातका कारण हवाई सेवा प्रभावित, १६ उडान रद्द

heavy-snowfall-in-kashmir-233527963-16x9_0

श्रीनगरः कश्मीरमा लगातार भइरहेको हिमपातका कारण मंगलबार श्रीनगर अन्तर्राष्ट्रिय विमानस्थलबाट आवत–जावत गर्ने धेरै उडान रद्द गरिएको छ। भारतीय विमानस्थल प्राधिकरणका एक अधिकारीका अनुसार प्रतिकूल मौसम र निरन्तर हिमपातलाई मध्यनजर गर्दै एयरलाइन्सहरूले सावधानीस्वरूप केही उडान रद्द गरेका हुन्।
अधिकारीका अनुसार हालसम्म कुल १६ उडान रद्द भइसकेका छन्, जसमा आठ आगमन र आठ प्रस्थानतर्फका उडान रहेका छन्। यात्रुहरूलाई आफ्नो–आफ्नो एयरलाइन्ससँग सम्पर्क गरी पछिल्लो जानकारी तथा वैकल्पिक व्यवस्थाबारे बुझ्न आग्रह गरिएको छ।
उडान रद्द भएपछि सयौँ पर्यटक कश्मीरमै अलपत्र परेका छन्। ती पर्यटकहरू सप्ताहन्त तथा गणतन्त्र दिवसको बिदा घाटीमा बिताएर फर्किने तयारीमा थिए।

About Author

Advertisement