करोनेसन ब्रिजको टेण्डरमा सांसदलाई स्वागत

IMG-20260105-WA0041

दार्जिलिङ: करोनेसन पुल छेउछाउमा बसोबास गर्ने सम्पूर्ण जनसाधारण समक्ष दार्जिलिङ लोकसभा सांसद राजु विष्टले आज आफुले नयाँ पुलको टेण्डर प्राप्त गराउन सकेको अवसरमा जनसाधारणबाट गरिएको हार्दिक स्वागत र सम्मानका लागि अत्यन्त आभार व्यक्त गरे। दार्जिलिङको सेवोकलाई एलेनबारीसँग जोड्ने तिस्ता नदीमाथि नयाँ पुल निर्माणका लागि टेन्डर प्रक्रिया सुरु भएको अवसरमा यो सम्मान पाएको उनले बताए।
सामाजिक संजाल मार्फत विष्टले भने नयाँ पुलले दार्जिलिङ, कालिम्पोङ, सिक्किम, सिलिगुडी, डुवर्स क्षेत्र तथा उत्तर–पूर्वी राज्यहरूलाई जोड्ने एक महत्वपूर्ण कडीको रूपमा काम गर्नेछ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदैं हाम्रो क्षेत्रमा वर्षौँदेखि रहेको विकास तथा पूर्वाधारसम्बन्धी कमी तीव्र गतिमा पूरा हुँदै गएको जनाए।

About Author

Advertisement