ओलम्पिक पदक विजेता दिग्गज ब्याडमिण्टन खेलाड़ी साइनाले गरिन् सन्न्यासको घोषणा

IMG-20260120-WA0079

नयाँ दिल्ली: भारतकी दिग्गज ब्याडमिण्टन खेलाड़ी तथा ओलम्पिक पदक विजेता साइना नेहवालले प्रतिस्पर्धी ब्याडमिण्टनबाट सन्न्यासको घोषणा गरिन्। लामो समयदेखि घुँड़ाको गम्भीर समस्यासँग जुझिरहेकी साइनाले बताएअनुसार, उनको शरीर अहिले एलीट स्तरको खेलको शारीरिक मागहरूलाई सहन गर्ने स्थितिमा छैन। साइनाले २०१२-को लण्डन ओलम्पिकमा काँस्य पदक जितेर इतिहास रचेकी थिइन्। विश्वकी पूर्व नम्बर एक खेलाड़ी साइनाले अन्तिमपल्ट २०२३-मा सिंगापुर ओपनमा प्रतिस्पर्धी म्याच खेलेकी थिइन्। त्यसपछि उनी कोर्टबाट बाहिर रहेकी थिइन् तर औपचारिक रूपले सन्न्यासको घोषणा चाहिँ गरेकी थिइनन्। हालै एउटा पडकास्टमा भएको बातचीतको अवधि उनले आफ्नो फसेलामाथि खुलेर कुरा गरिन्। साइनाले भनिन्, मैले २ साल अघि नै खेल्न बन्द गरेकी थिएँ। मैले आफ्नो दममा यस खेलमा कदम राखे अनि आफ्नो फसेलाले नै बाहिर आएँ। यसैकारण मलाई सन्न्यासको घोषणा गर्ने आवश्यकता नरहेको अनुभव भयो। आफ्नो करियरमा २४ वटा खिताब जित्ने साइनाले बताएअनुसार, उनको घुँड़ाको कार्टिलेज सम्पूर्ण रूपले खिएको छ अनि उनलाई अर्थराइटिस भएको छ। यसले गर्दा उनको निम्ति लामो समयसम्म अनि तेज ट्रेनिंग गर्नु सम्भव भएको छैन। उनले भनिन्, मेरो घुँड़ाको कार्टिलेज सम्पूर्ण रूपले खतम भएको डाक्टरहरूले स्पष्ट रूपमा बताएका छन्। यसैकारण अब शायद खेल्न नसक्ने कुरा मैले आफ्ना माता-पिता र प्रशिक्षकलाई बताइसकेकी छु। साइनाले बताएअनुसार, उनी अहिले खेलदेखि टाढ़ा भइसकेको मानिसहरूले अलि-अलि गर्दै आफ्नै बुझ्नेछन्। साइनाले भनिन्, तपाईं खेल्ने स्थितिमा हुनु हुँदैन भने खेलबाट अलग हुनु नै असल हुनेछ। यसमा कुनै खराबी छैन। पहिला म प्रत्येक दिन ८-९ घण्टा अभ्यास गर्थे तर अहिले १-२ घण्टामै घुँड़ा सुन्निने गर्छ। मेरो घुँड़ा अहिले पहिला जस्तो छैन। यसैकारण मैले वाध्य भएर खेल्न जारी नराख्ने फसेला गरे। साइनाको करियर रियो ओलम्पिक २०१६-को अवधि लागेको घुँड़ाको चोटले प्रभावित भयो। त्यसपछि उनले असाधारण पुनरागमन गर्दै २०१७ वर्ल्ड च्यामपियनशीपमा काँस्य पदक अनि २०१८ कमनवेल्थ गेम्समा स्वर्ण पदक जितिन् तर घुँड़ाको चोटले उनलाई सताउन जारी राख्यो। साइनाले २०२४-मै उनको घुँड़ामा अर्थराइटिस रहेको अनि कार्टिलेजलाई क्षति पुगेको खुलासा गरेकी थिइन्।

About Author

Advertisement