ओखलढुंगाको मानेभन्ज्याङका मतदाताले गरेनन् मतदान

vote-2-1

सल्लेरी: ओखलढुंगाको एक मतदान केन्द्रका मतदाताहरुले मतदान बहिस्कार गरेका छन्। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ को टोक्सेलस्थित मतदान केन्द्रमा मतदाताहरू मतादनमा सहभागी नभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले जानकारी दिए।
स्थानीयले मत नहालेको खबरपछि आफू उक्त मतदान केन्द्र पुग्दा कोही पनि मतदाता उपस्थित नभएको पाइएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए।
‘त्यहाँका मतदाता नो भोटमा उत्रिएको पाइयो। यो जानकारी आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्तलाई जानकारी गराइसकेको छु’, कोइरालाले भने।
‘जनप्रतिनिधिहरू गएर मुचुल्का गरिदिनुभएको छ। कर्मचारीहररू बसिरहनुभएको छ। भरे बेलुकासम्म कर्मचारीहररूको समानुपातिक जति भोट खस्छ त्यही मुचुल्का उठाएर पठाउँछौ’, मुख्य निर्वाचन अधिकृत कोइरालाले भने।
मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रूम्दालीले उक्त मतदान केन्द्रमा ७०१ जना मतदाता रहे पनि कोही पनि मतदानमा सहभागी नभएको बताए। उनका अनुसार प्रदेश सरकारले त्यस क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने भने पनि काम सुरू नगरेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएर मतदानमा सहभागी नभएको बताए।

About Author

Advertisement