बिराटनगर: मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र पुलिस बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ।
नेपालको सशस्त्र पुलिस बल र भारतको सीमा सुरक्षा बलका अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला शुक्रबार दिउँसो उनी बेहोस भएर ढलेका थिए।
सशस्त्र पुलिस बल मोरङका प्रमुख घिमिरे बैठकमा सहभागी भइरहेकै बेला अचानक ढलेपछि उपचारका लागि मोरङकै बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका हुन्।











