एसएमसीका चेयरमैनद्वारा वरिष्ठ नेता मुकुल रायको निधनप्रति शोक समवेदना व्यक्त

FB_IMG_1771842057833

सिलगढी: सिलगढी नगरनिगम(एसएमसी)का चेयरमैन गौतम देवले वरिष्ठ राजनीतिक व्यक्तित्व मुकुल रायको निधनले आज आफुलाई अत्यन्तै मर्माहत बनाएको व्यक्त गरे। देवले बंगालको राजनीतिमा मुकुललाई निकै नजिकबाट देख्ने अवसर पाएको र राजनीतिक सहयोद्धाका रूपमा उनको लामो यात्राको साक्षी रहेको जनाए। साथै देवले अघि भने, ‘मुकुलको असाधारण संगठनात्मक क्षमता, कार्यकर्ताप्रति सहज र सरल व्यवहार तथा राजनीतिक रणनीति निर्धारणमा उनको प्रखर बुद्धिमत्ता सधैं स्मरणीय रहनेछ।
यसबारे उल्लेख गर्दै गौतम देवले विभिन्न समयमा मुकुलसँग भएका छलफल र विचार–विमर्शका क्षणहरू आज विशेष रूपमा सम्झना आइरहेका छन् भने।
यसैगरी गौतम देवले फेरि भने, ‘राजनीतिक जीवनको व्यस्तताका बीच पनि सबैसँग मुकुलको स्नेहपूर्ण व्यवहार र साथै कुशल संगठकको रूपमा रहेको पहिचानले मुकुल दा सबैका लागि अत्यन्तै निकट “नेता” थिए।
उनको निधनले केवल राजनीतिक शून्यता मात्र सिर्जना गरेको छैन, व्यक्तिगत रूपमा पनि एक अनुभवी र स्नेही व्यक्तित्व गुमाएको महसुस भएको अनुभव राख्दै गौतम देवले शोक सन्तप्त परिवार तथा असंख्य अनुयायीहरूप्रति हार्दिक समवेदना व्यक्त गरे। साथै परम करुणामयले मुकुलको आत्मालाई चिरशान्ति प्रदान गरून् भनि प्रार्थना गरे।

About Author

Advertisement