नयाँ दिल्ली: ओलम्पिक पदक विजेता लवलीना बोरगोहेन र दुईपल्टकी वर्ल्ड च्याम्पियन निकहत जरीनले २८ मार्चदेखि ११ अप्रेलसम्म मंगोलियामा हुने एशियन बक्सिंग च्याम्पियनशीपमा भारतको २० सदस्यीय टीमको अगुवाई गर्नेछिन्। भारतले एक महिनासम्म चलेको गहन मूल्यांकन प्रक्रियापछि २० सदस्यीय टीमको चयन गरेको छ। जनवरीमा राष्ट्रिय च्याम्पियनशीपपछि सम्भावित खेलाड़ीलाई पटियालामा चलिरहेको राष्ट्रिय शिविरमा सामेल गरिएको थियो। चयन नीति अनुसार, एशियन बक्सिंग च्याम्पियनशीपको फाइनलमा पुग्ने खेलाड़ीहरूलाई कमनवेल्थ गेम्स र एशियन गेम्सको निम्ति चयन गरिनेछ। यसले गर्दा यस महाद्वीपीय च्याम्पियनशीपको महत्त्व बढ़ेको छ। स्पेनमा हालै बक्सम एलीट च्याम्पियनशीपमा स्वर्ण पदक जित्ने लवलीना (७५ किग्रा)-ले महिला टीमको अगुवाई गर्नेछिन्। स्पेनमा स्वर्ण पदक जित्ने अन्य खेलाड़ीहरू प्रीति (५४ किग्रा), अरुन्धति चौधरी (७० किग्रा) र प्रिया (६० किग्रा)-लाई पनि टीममा सामेल गरिएको छ। वर्तमान वर्ल्ड च्याम्पियन मीनाक्षी (४८ किग्रा) र जेस्मिन (५७ किग्रा) पनि टीममा रहेकी छन्। महिला वर्गमा अन्य खेलाड़ीहरूमा वर्ल्ड बक्सिंग कपको फाइनलमा स्वर्ण पदक विजेता निकहत जरीन (५१ किग्रा), अंकुशिता बोरो (६५ किग्रा), पूजा रानी (८० किग्रा) र अल्फिया तरन्नुम अकरम खान पठान (८० किग्राभन्दा अधिक)-लाई पनि स्थान दिइएको छ। पुरुषहरूका वर्गमा वर्ल्ड बक्सिंग कप फाइनल र बक्सम च्याम्पियनशीपमा स्वर्ण पदक विजेता सचिन (६० किग्रा)-ले टीमको अगुवाई गर्नेछन्। उनको साथमा आकाश (७५ किग्रा) पनि सामेल छन्, जसले स्पेनमा स्वर्ण पदक विजेता थिए। विश्वनाथ सुरेश (५० किग्रा), आदित्य प्रताप यादव (६५ किग्रा), लोकेश (८५ किग्रा), हर्ष चौधरी (९० किग्रा) र नरेन्द्र (९० किग्रा भन्दा अधिक) टीममा सामेल अन्य खेलाड़ीहरू हुन्।
एशियन बक्सिंह च्याम्पियनशीपको निम्ति भारतीय टीम यसप्रकार छः
पुरुषः विश्वनाथ सुरेश (५० किग्रा), जदुमणि सिंह मेण्डेंगबाम (५५ किग्रा), सचिन (६० किग्रा), आदित्य प्रताप यादव (६५ किग्रा), दीपक (७० किग्रा), आकाश (७५ किग्रा), अंकुश (८० किग्रा), लोकेश (८५ किग्रा), हर्ष चौधरी (९० किग्रा), नरेन्द्र (९० किग्रा भन्दा अधिक)।
महिलाः मिनाक्षी (४८ किग्रा), निकहत जरीन (५१ किग्रा), प्रीति (५४ किग्रा), जेस्मिन (५७ किग्रा), प्रिया (६० किग्रा), अंकुशिता बोरो (६५ किग्रा), अरुन्धति चौधरी (७० किग्रा), लवलीना बोरगोहेन (७५ किग्रा), पूजा रानी (८० किग्रा), अल्फिया तरन्नुम अकरम खान पठान (८० किग्रा भन्दा अधिक)।








