एलिसा हिलीको यादगार शतकले अष्ट्रेलियाको भारतविरुद्ध रेकर्ड जीत

photocollage_202631183411315

होबार्ट: अष्ट्रेलियाई महिला क्रिकेट टीमले आइतवार खेलिएको तेस्रो तथा अन्तिम वनडे इण्टरनेशनल क्रिकेट म्याचमा भारतीय महिला क्रिकेट टीमलाई १८५ रनको विशाल अन्तरले पराजित गऱ्यो। यस जीतको साथै अष्ट्रेलियाले ३ वटा म्याचको सीरीज ३-०-ले जित्यो। आफ्नो अन्तिम वनडे इण्टरनेशनल म्याच खेलिरहेकी अष्ट्रेलियाई कप्तान एलिसा हिलीले आज यादगार शतकको साथ आफ्नो विदाईलाई अविश्वसमरणीय बनाइन्। बेलेरिव ओवलमा टस हारेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर ४०९ रनको विशाल स्कोर बनायो। त्यसपछि भारतीय टीम ४५.१ ओभरमा २२४ रन बनाएर अलआउट भयो। अष्ट्रेलियाको निम्ति आज कप्तान हिलीले १५८ रनको यादगार ईनिंग्स खेलिन्। उनले ९८ बल खेलेर २७ वटा चौका र २ वटा छक्का लगाइन्। यसबाहेक बेथ मूनीले पनि अविजित १०६ रन बनाइन्। उनले ८४ बल खेलेर १० वटा चौका र एउटा छक्का लगाइन्। यी दुई बाहेक जर्जिया भोलले ६२ रनको योगदान दिइन्। हिलीले जर्जियासँग दोस्रो विकेटको निम्ति १०४ रनको पार्टनरशीप गरी स्कोर १३६ रन पुऱ्याइन्। जर्जिया आउट भएपछि हिलीले फेरि मूनीसँग १४५ रनको पार्टनरशीप गरिन्। भारतीय बलरहरूमा श्री चरणी र स्नेह राणाले २-२ विकेट हासिल गरिन्। श्री चरणले १० ओभरमा १०६ रन खर्च गरिन्। विशाल लक्ष्यलाई पीछा गर्दै तेजीको साथ रन बनाउने प्रयासमा भारतले लगातार अन्तरालमा विकेट गुमायो। यसैकारण टीमले पूरा ५० ओभर पनि ब्याटिंग गर्न सकेन। नवौं नम्बरमा ब्याटिंग गर्न ओर्लिएर स्नेह राणाले सर्वाधिक ४४ रन बनाइन्। उनले ७४ बल खेलेर ६ वटा चौका लगाइन्। यसबाहेक जेमिमा रोड्रिग्सले २९ बलमा ४२ रन बनाइन्। उनले ९ वटा चौका लगाइन्। दीप्ति शर्माले २९, प्रतिका रावलले २७ र कप्तान हरमनप्रीत कौरले २५ रन बनाइन्। अष्ट्रेलियाई बलरहरूमा अलाना किंगले सर्वाधिक ४ विकेट हासिल गरिन्।

About Author

Advertisement