एनपीएल: काठमाडौं गोर्खाजले उद्घाटन खेल जित्यो

IMG-20251117-WA0115

काठमाण्डोंँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो। काठमाडौं गोर्खाजले राम्रो सुरुवात गर्‍यो।
काठमाडौंको कडा बलिङका कारण जनकपुर बोल्ट्सले धेरै रन बनाउन सकेन। सोमबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले राखेको १३१ रनको लक्ष्य काठमाडौंले पाँच विकेट हातमा राख्दै पार गर्‍यो। काठमाडौंले यो लक्ष्य केवल १८ ओभरमा हासिल गर्‍यो। काठमाडौँका लागि बेन चार्ल्सवर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्द कुमारले १९, जोन सिम्पसनले १३, मोहम्मद आदिल आलमले ८ र भीम सार्कीले ३ रन बनाए।
जनकपुरका लागि अनिल शाह, ललित राजवंशी, संजय कृष्णमूर्ति, किशोर महतो र जोन निकोल लोफ्टी-इटनले एक-एक विकेट लिए।
यसअघि, पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले अर्धशतक बनाएका थिए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। मयान यादवले ३४ र लाहिरु समरकुनले २२ रन बनाएका थिए।
काठमाडौंका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने करण केसी, शाहब आलम र सन्तोष यादवले एक-एक विकेट लिए।
भोलि (मंगलबार) दुई खेल हुने तालिका छ। पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ११:४५ बजे हुनेछ। दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच दिउँसो ४ बजे हुनेछ।

About Author

Advertisement