एनपीएल: कर्णाली याक्सको सहज जित

IMG-20251122-WA0088

काठमाडौं: एनपीएलको आजको पहिलो खेलमा कर्णालीले टस जितेर लुम्बिनीलाई ब्याटिङको लागि निम्तो दिएको थियो। पहिले ब्याटिङ गर्दै लुम्बिनीले १५६ रन बनाएको थियो। १५७ रनको लक्ष्य राखेर कर्णालीले मैदान उत्रिएको थियो। मार्क वाटको शतकले कर्णाली याक्सलाई लुम्बिनीमाथि सहज जित दिलाउन मद्दत गरेको थियो।
शनिबारको पहिलो खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो। त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर र २ बलमा मात्र एक विकेट गुमाउँदै पूरा गरेको थियो। कर्णालीका लागि मार्क वाटले ११४ रनको शतक बनाए। उनले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गरेका थिए।

About Author

Advertisement