एजेको बदली ईंग्ल्याण्ड टीममा सामेल भए हार्वे बार्न्स

IMG-20260324-WA0054

लण्डन: न्यूक्यासलका विंगर हार्वे बार्न्सलाई थोमस टुचेलको ईंग्ल्याण्ड टीममा सामेल गरिएको छ। उनले चोटग्रस्त आर्सनलका मीडफिल्डर एबेरेची एजेको स्थान लिएका छन्। एजे आइतवार म्यानचेष्टर सिटीविरुद्ध काराबाओ कप फाइनलमा आर्सनलको २-०-ले हार भएको टीममा सामेल थिएनन्। उनको खुट्टाको तल्लो हिस्सामा चोट लागेको थियो। बार्न्सलाई यसअघि अक्टोबर २०२०-मा टीममा बोलाइएको थियो। त्यस समय उनले वेल्सविरुद्ध एउटा मैत्रीपूर्ण म्याचमा ईंग्ल्याण्डको निम्ति आफ्नो एकमात्र म्याच खेलेका थिए। स्कटल्याण्डले बार्न्सलाई आफ्नो अन्तर्राष्ट्रिय निष्ठा बदलिन अनि यस साल हुने वर्ल्ड कपमा स्टीव क्लार्कको टीमबाट खेल्न फकाउने प्रयास गरेको थियो। २८ वर्षीय बार्न्स आफ्नो बाजे-बोजुले गर्दा स्कटल्याण्डको निम्ति खेल्न पनि योग्य थिए तर उनले त्यस प्रस्तावलाई अस्वीकार गरेका थिए। यसपाली उनलाई उरुग्वे र जापानविरुद्ध खेलिने मैत्रीपूर्ण म्याचहरूको निम्ति टुचेलको टीममा बोलाइएको छ। यी म्याचहरूका निम्ति यस्ता धेरै खेलाड़ीहरूलाई मौका दिइएको छ जो टीममा आफ्नो नियमित स्थान बनाउने दौड़मा छन्। ईंल्याण्डले २७ मार्चमा उरुग्वे र ३१ मार्चमा जापानविरुद्ध म्याच खेल्नेछ। यी दुवै म्याच वेम्बले स्टेडियममा खेलिनेछ। बार्न्सले यस सीजनमा न्यूक्यासलको निम्ति सबै प्रतियोगिताहरूमा जम्मा १४ गोल गरेका छन्।

About Author

Advertisement