नयाँ दिल्ली: आज उपराष्ट्रपति सी.पी.राधाकृष्णनले उपराष्ट्रपति भवनमा दार्जिलिङ युवा प्रतिनिधिमण्डलका सदस्यहरूसँग अन्तरक्रिया गरे।
प्राप्त जानकारी अनुसार दार्जिलिङको समृद्ध सांस्कृतिक सम्पदालाई उजागर गर्दै उनले दार्जिलिङको क्षेत्रमा अत्यन्त उच्च सांस्कृतिक मान्यताहरू कायम रहेको उल्लेख गरे। साथै उपराष्ट्रपतिले हाम्रा परम्परा र सांस्कृतिक विरासतको संरक्षण सधैं हाम्रो मूल्यहरूको केन्द्रमा रहनुपर्ने बताए।
अन्तरक्रियाका क्रममा उनले प्रत्येक नागरिकले राष्ट्रलाई पहिलो स्थानमा राख्ने अटल प्रतिबद्धताबाट निर्देशित हुनुपर्ने र राष्ट्रिय तथा क्षेत्रीय हितहरू आपसी समन्वयमा अघि बढ्नुपर्ने कुरामा जोड दिए। यस अवसरमा राज्यसभा सांसद हर्षबर्धन श्रृंगला पनि उपस्थित थिए।








