उत्तर बंगालमा महाकाल मन्दिर र नयाँ कन्वेन्सन सेन्टर निर्माणको निर्णय

mahakal-mandir-convention-centre-in-n-bengal-get-cabinet-nod

काेलकाता: पश्चिम बंगाल सरकारले दीघा स्थित जगन्नाथ मन्दिर र आगामी दुर्गांगन परियोजनापछि अब उत्तर बंगालमा महाकाल मन्दिर निर्माणतर्फ ठूलो कदम चाल्ने भएको छ।
सोमबार नवान्नमा भएको मन्त्रिपरिषद्को बैठकपछि राज्यकी वित्त मन्त्री चन्द्रिमा भट्टाचार्यले माटीगाड़ा स्थित महाकाल मन्दिर परियोजनाका लागि आधिकारिक रूपमा जमीन आवंटन गरिएको जानकारी दिइन्।
उनका अनुसार, पहिले लक्ष्मी टाउनशिप एण्ड होल्डिङ्स लिमिटेडको लिजमा रहेको २५.१५ एकड़ जमीन एसजेडीएलाई दिइनेछ, जसमा १७.४१ एकड़ खाली जमीन पर्यटन विभागलाई अन्तर-विभागीय हस्तान्तरणमार्फत सुम्पिनेछ। यो जमीन माटीगाड़ा थाना क्षेत्रको उजानो र गौड़चरन मौजा क्षेत्रमा पर्छ।
महाकाल मन्दिरसँगै यहाँ सांस्कृतिक पर्यटन केन्द्र पनि विकास गरिनेछ। बैठकमा अर्को महत्वपूर्ण निर्णयमा उत्तर बंगालमा नयाँ कन्वेन्सन सेन्टर निर्माण गर्ने निर्णय पनि समावेश थियो। दार्जिलिङ जिल्लाको डाबग्राम मौजा, एशियन हाईवे-२ नजिक ‘तीस्ता टाउनशिप’ क्षेत्रमा १० एकड़ जमीनमा यो सेन्टर बनाइनेछ।
हाल राज्यमा कोलकाता र दीघा गरी दुई ठूला कन्वेन्सन सेन्टरहरू छन्। सरकारको लक्ष्य यी परियोजनाहरूले उत्तर बंगाललाई धार्मिक पर्यटन, अन्तर्राष्ट्रिय सम्मेलन र सांस्कृतिक आयोजनाको नयाँ केन्द्र बनाउन मद्दत गर्ने बताइएको छ।

About Author

Advertisement