न्यूयोर्क: ईरानले आउँदो हप्ता वाशिंगटन डीसी-मा हुने फिफा वर्ल्ड कप २०२६-को ड्र वहिष्कार गर्ने फसेला गरेको छ कारण अमेरिकाले उनीहरूको प्रतिनिधिमण्डलका सदस्यहरूलाई वीजा दिन अस्वीकार गरेको छ। यो जानकारी ईरानको सरकारी समाचार एजेन्सी इरानाले दिएको छ। ईरानी फूटबल महासंघका प्रवक्ता अमीर महदी अलवीले बताएअनुसार, अधिकारीहरूले वीजा सम्बन्धी समस्याहरूको सामना गर्नु पऱ्यो, जुन खेल सम्बन्धी चिन्ताहरूदेखि अलग हो। अमेरिकाले चाहिँ यस मामिलामा तत्काल कुनै टिप्पणी गरेको छैन। यसको साथमा महासंघले फूटबलको सर्वोच्च संस्था फिफासँग सम्पर्क गरेको अनि उनीहरूलाई यस मुद्दाको चाँड़ै हल निस्किने आशा रहेको पनि अलवीले बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जूनमा ईरानसहित १२ वटा देशका नागरिकहररूमाथि यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। यस सूचीमा हैती पनि सामेल छ, जसले गत हप्ता वर्ल्ड कपको निम्ति क्वालीफाई गरेको थियो। अमेरिका, कनाडा र मेक्सिकोको संयुक्त आयोजनमा हुने फिफा वर्ल्ड कप आउँदो साल २२ जूनमा शुरु भएर १९ जुलाईसम्म चल्नेछ, जसमा रेकर्ड ४८ वटा टीमले हिस्सा लिनेछ।







