ईंग्लिश प्रीमियर लीगः शीर्ष स्थानमा आफ्नो स्थितिलाई मजबूत बनायो आर्सनलले

IMG-20251124-WA0067

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै आर्सनलले शीर्ष स्थानमा आफ्नो स्थितिलाई अझ मजबूत बनायो। आइतवार राति खेलिएको म्याचमा आर्सनलले टोटनह्यामलाई ४-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमको निम्ति एबेरेचे एजे-ले ह्याट्रिक गरे। उनले म्याचको ४१औं, ४६औं र ७७६औं मिनटमा गोल गरे। अन्य एउटा गोल लिएण्ड्रो ट्रोसार्डले ३६औं मिनटमा गरे। म्याचको अधिकांश समय नै पछाड़िने टोटनह्यामबाट रिचार्लिसनले ५५औं मिनटमा गोल गरे। यस जीतको साथ आर्सनल १२ वटा म्याचमा २९ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी टोटनह्याम १८ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा नवौं स्थानमा रहेको छ। टोटनह्यामको यो गत ५ वटा म्याचमा तेस्रो हार हो। अन्य एउटा म्याचमा एस्टन भिल्लाले लीड्स युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट दुवै गोल मार्गन रोजर्सले गरे। उनले म्याचको ४८औं र ७५औं मिनटमा गोल गरे। यसरी लीड्स युनाइटेडको निम्ति लुकास नमेचाले आठौं मिनटमा गोल गरे। यस जीतको साथ एस्टन भिल्ला २१ पोइण्ट्सको साथ चौथो स्थानमा पुग्यो।

About Author

Advertisement