लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आर्सनलको साथमा चेल्सी र म्यानचेष्टर युनाइटेडले जीत हासिल गऱ्यो। आर्सनलले आफ्नो फर्म कायम राख्दै शनिवार राति खेलिएको म्याचमा सण्डरल्याण्डलाई ३–०–ले पराजित गऱ्यो। आफ्नो घरेलु मैदान एमिरेट्स स्टेडियममा ४९ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमको निम्ति भिक्टर ग्योकेरेसले ६६औं मिनट र इञ्ज्युरी टाइमको चौथो मिनटमा २ गोल गरे। अन्य एउटा गोल मार्टिन जुबिमेण्डीले ४२औं मिनटमा गरे। यस जीतको साथ आर्सनल २५ वटा म्याचमा ५६ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी नवौं स्थानमा रहने सण्डरल्याण्डसँग ३६ पोइण्ट्स रहेको छ। यसरी म्यानचेष्टर युनाइटेडले टोटनह्यामलाई २–०–ले पराजित गऱ्यो। आफ्नो घरेलु मैदान ओल्ड ट्रेफर्डमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडको निम्ति ब्रायन एम्ब्यूमोले ३८औं र ब्रूनो फर्नाण्डेजले ८१औं मिनटमा गोल गरे। विपक्षी खेलाड़ी कासेमिरोलाई घातक फाउल गर्दा टोटनह्यामका डिफेण्डर क्रिस्टियन रोमेरोलाई २९औं मिनटमा रेड कार्ड देखाइयो। त्यसपछि टोटनह्यामले म्याचलाई नियन्त्रणमा राख्न सकेन। यस जीतको साथ म्यानचेष्टर युनाइटेड ४४ पोइण्ट्सको साथ चौथो स्थानमा पुग्यो। यसरी टोटनह्याम २९ पोइण्ट्सको साथ १४औं स्थानमा रहेको छ।
चेल्सीले अन्य एउटा म्याचमा वूल्भ्सलाई ३–१–ले पराजित गऱ्यो। यस अवे म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट कोल पाल्मरले ह्याट्रिक गरे। उनले म्याचको १३औं, ३५औं र ३८औं मिनटमा गोल गरे। यसमा पहिलो २ वटा गोल पेनल्टीबाट आएको थियो। यसरी वूल्भ्सको निम्ति टोलु एरोकोडेरले ५४औं मिनटमा गोल गरे। यस जीतपछि चेल्सी ४३ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहन पुग्यो। एस्टन भिल्ला र बोर्नमाउथबीच खेलिएको म्याच १–१–ले ड्र रह्यो। यस ड्र पछि एस्टन भिल्ला ४७ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा पुग्यो। बोर्नमाउथ ३४ पोइण्ट्सको साथ एघाह्रौं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा लीड्स युनाइटेडले नटिंघम फरेष्टलाई ३–१–ले, एभर्टनले फूलह्यामलाई २–१–ले, वेष्ट ह्यामले बर्नलीलाई २–०–ले अनि ब्रेण्टफोर्डले न्यूक्यासललाई ३–२–ले पराजित गऱ्यो।










