ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर सिटीको रोमाञ्चक जीत, टोटनह्यामको हार

IMG-20251130-WA0089

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा म्यानचेष्टर सिटीले रोमाञ्चक जीतको साथ फर्म हासिल गऱ्यो भने टोटनह्यामले चाहिँ निराशाजनक हारको सामना गर्नु पऱ्यो। न्यूक्यासलविरुद्ध गत म्याचमा निराशाजनक हारको सम्मुखीन हुने म्यानचेष्टर सिटीले फर्म हासिल गर्दै लीड्स युनाइटेडविरुद्ध ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। शनिवार राति आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीलाई फिल फोडेनले इञ्ज्युरी टाइमको पहिलो मिनटमा दिलाएको गोलले जीत दिलायो कारण निर्धारित नब्बे मिनटसम्म स्कोर २-२-को बराबरीमा रहेको थियो। म्याचमा सिटीको शुरुवात असाधारण रह्यो अनि फोडेनले पहिलो मिनटमै टीमलाई बढ़त दिलाए। त्यसपछि जोस्को ग्वार्डियोलले २५औं मिनटमा टीमको बढ़तलाई दोब्बर पारे। पहिलो हाफसम्म २ गोलले पछि रहने लीड्स युनाइटेडले दोस्रो हाफको खेलमा असाधारण पुनरागमन गऱ्यो। डोमिनिक कालवर्ट-लेविनले ४९औं र लुकास नमेचाले ६८औं मिनटमा गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। अन्तमा फोडेनको गोलले सिटीलाई रोमाञ्चक जीत दिलायो। यस जीतको साथ म्यानचेष्टर सिटी १३ वटा म्याचमा २५ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको दोस्रो स्थानमा पुग्यो। सण्डरल्याण्डले पनि असाधारण प्रदर्शन गर्दै बोर्नमाउथलाई ३-२-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा खेल्दै शुरुमै २ गोल खाएपछि सण्डरल्याण्डले असाधारण पुनरागमन गर्दै लगातार ३ गोलको साथ म्याच जित्यो। म्याचको अन्तिम क्षणमा बोर्नमाउथका खेलाड़ी लेविस कूकलाई रेड कार्ड देखाइयो। यस जीतको साथ सण्डरल्याण्ड २२ पोइण्ट्स लिएर चौथो स्थानमा पुग्यो जबकि बोर्नमाउथ १९ पोइण्ट्सको साथ नवौं स्थानमा रहेको छ।
खराब फर्ममा रहने टोटनह्यामले चाहिँ फूलह्यामविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने पनि टोटनह्यामलाई शुरुमै खाएको २ गोलले डुबायो। केनी टेटेले चौथो र हेरी विल्सनले छैटौं मिनटमा गोल गरी फूलह्यामलाई जीत दिलाए। टोटनह्यामको निम्ति एकमात्र गोल मोहम्मद कुडुसले ५९औं मिनटमा गरे। प्रीमियर लीगको जारी सीजनमा यो टोटनह्यामको १३ वटा म्याचमा पाँचौंं हार हो अनि यसको साथै टीम १८ पोइण्ट्सको साथ दशौं स्थानमा रहन पुग्यो। यसरी फूलह्यााम १७ पोइण्ट्सको साथ १५औं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा न्यूक्यासलले एभर्टनविरुद्ध ४-१-ले अनि ब्रेण्टफोर्डले बर्नलीविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो।

About Author

Advertisement