नयाँ दिल्ली: इण्डिया ओपन ब्याडमिण्टन टुर्नामेण्टको अवधि आएको गम्बीर अव्यवस्थाहरूलाई लिएर खेल मन्त्री मनसुख माण्डवियाले कड़ा मिजास देखाएका छन्। उनले भारतीय खेल प्राधिकरण (साइ)-का वरिष्ठ अधिकारीहरूसँग बैठक गरेर भविष्यमा यस्तो स्थिति नदोहोरियोस भन्ने सुनिश्चित गर्न ठोस सुधार उपाय लागू गर्ने निर्देश दिएका छन्। खेल मन्त्रालयले यस पूरा मामिलालाई भारतको अन्तर्राष्ट्रिय छविसँग जोड़ेर हेरिरहेको छ। खेल मन्त्रीले स्टेडियमका प्रशंसकहरूसँग बैठक गरे, जो टुर्नामेण्टको अवधि मौकामा उपस्थित थिए। उनीहरूसँग गत हप्ता टुर्नामेण्टमा फैलिएको अव्यवस्थालाई लिएर स्पष्टीकरण मागिएको छ। भारतले २०३६ ओलम्पिक आयोजनको निम्ति दावेदारी पेश गर्न गइरहेको हुनाले यस मामिलामा संंवेदनशील मानिएको छ। यस्तो घटनाहरूले अन्तर्राष्ट्रिय स्करमा देशको छविलाई नोक्सान पुग्ने खेल मन्त्रालयको सोच रहेको छ। टुर्नामेण्टको अवधि यस्ता धेरै घटनाहरू भयो, जसको साइ-ले जवाफ दिनु पर्नेछ। दिल्लीको वायु प्रदूषणलाई छोड़ेर म्याचको अवधि कोर्टमा परेवाले पोहोर फैलाउनु, स्टेडियमको ग्यालरीमा बाँदर आउनु, वशरूम अनि अभ्यास स्थलहरूको साफसफाईमा कमी जस्ता नालिशहरूले आयोजकहरूका कार्यप्रणालीमाथि प्रश्न उठाएको छ। स्टेडियमको हेरचार गर्ने जिम्मेवारी साइ-को भएको हुनाले संस्थाको धेरैले खुलेर आलोचना गरेका छन् कारण अगस्तमा यसै स्थानमा वर्ल्ड ब्याडमिण्टन च्याम्पियनको पनि आयोजन हुनेछ। डेनमार्ककी स्टार खेलाड़ी मिया ब्लिचफेल्टले त हालतलाई अस्वास्थ्यकर बताउँदै वर्ल्ड ब्याडमिण्टन फेडरेशन (बीडब्ल्यूएफ) सँग हस्तक्षेपको माग पनि गरेकी थिइन्।










