इटलीविरुद्ध नेपालको १० विकेटले निराशाजनक हार

IMG-20260212-WA0122

मुम्बई: इटलीले आईसीसी टी२० विश्व कपमा ऐतिहासिक जीत हासिल गऱ्यो। बिहीवार खेलिएको ग्रुप सी-को म्याचमा इटलीले नेपालविरुद्ध १० विकेटले जीत दर्ता गऱ्यो। यसको साथै इटलीले टुर्नामेण्टको इतिहासमा आफ्नो पहिलो जीत हासिल गऱ्यो। पहिलो म्याचमा ईंग्ल्याण्डविरुद्ध यादगार प्रदर्शन गर्ने नेपालले आज त्यस प्रदर्शनलाई दोहोऱ्याउन सकेन। टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल १९.३ ओभरमा केवल १२३ रन बनाएर अलआउट भयो। जवाफमा इटलीले १२.४ ओभरमै कुनै विकेट नगुमाइ १२४ रनको लक्ष्य हासिल गऱ्यो। म्याच जित्न १२४ रनको लक्ष्यलाई पीछा गर्दै इटलीलाई मोस्का दाजु-भाई (एन्थोनी र जस्टिम) को ओपनिंग जोड़ीले असाधारण शुरुवात दिलायो। यी दुईजनाले आरामसँग रन बनाउँदै टोलीलाई १२.४ ओभरमै जीत दिलाए। एन्थोनीले ६ वटा छक्का र ३ वटा चौकाको साथ ३२ बलमा अविजित ६२ रन अनि जस्टिनले ४४ बलमा ५ वटा चौका र ३ वटा छक्काको साथ अविजित ६० रन बनाए। यसअघि वानखेड़े स्टेडियममा पहिला ब्याटिंग गर्दै नेपालले केवल ८ रनमा कुशल भुर्तेल (५ रन) को विकेट गुमायो। त्यसपछि आसिफ शेख र कप्तान रोहित पौडेलले मिलेर स्कोर ४९ रनसम्म पुऱ्याए पनि लगातार विकेटको पतनले गर्दा इटलीले म्याचलाई नियन्त्रमा राख्ने मौका पायो। नेपालको निम्ति आरिफ शेखले २४ बलमा ३ वटा चौकाको साथ सर्वाधिक २७ रन बनाए। यसबाहेक रोहितले २३ र आसिफले २० रनको योगदान दिए। इटलीका बलरहरूमा स्पिनर क्रिशान कालुगामागेले केवल १८ रन खर्च गरी ३ विकेट लिए। उनलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

Advertisement