मुम्बई: नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ। वानखाडे क्रिकेट स्टेडियममा इङ्ल्याण्डले १८४ रनको लक्ष्य दिएको थियो, र नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४ रनको उत्कृष्ट योगदान गरे। त्यस्तै, लोकेश बम र रोहित कुरमा पौडेलले ३९–३९ रनको योगदान गरे।

इङ्ल्याण्डका लागि लिम डसनले दुई विकेट लिए। इङ्ल्याण्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो। इङ्ल्याण्डका जेकब वेथेल र कप्तान हेरी बेकरले अर्धशतक बनाएका थिए। जेकबले ३५ बलमा ५५ रन र हेरीले ३२ बलमा ५३ रन बनाए।
नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई-दुई विकेट लिए, जबकि शेर मल्ल र सन्दीप लामिछानेले एक-एक विकेट लिए।









