आसनसोल दक्षिण विधानसभा क्षेत्रको मण्डल–३ मा बुथ विजय अभियान कार्यक्रम सम्पन्न

FB_IMG_1770570365765

आसनसोल: आज आसनसोल दक्षिण विधानसभा क्षेत्रको मण्डल–३ मा बुथ विजय अभियान कार्यक्रम सम्पन्न भयो। भारतीय जनता पार्टीको आसनसोल संगठनात्मक जिल्लाका अध्यक्ष देवतनु भट्टाचार्यको उपस्थितिले उक्त कार्यक्रमलाई विशेष महत्व प्रदान गर्‍यो।
यसबारेमा उल्लेख गर्दै आसनसोल दक्षिणकी भाजपा विधायिका अग्निमित्रा पालले कार्यक्रममा सहभागी पार्टी कार्यकर्ता तथा समर्थकहरूमा देखिएको अपार उत्साह, जोश र संगठनप्रतिको अटल निष्ठाले उनलाई गहिरो रूपमा प्रेरित गर्‍यो भनिन्। उनले भनिन्, बुथस्तरको संगठनलाई अझ सुदृढ बनाउने तथा प्रत्येक परिवारसम्म पुग्ने संकल्पसहित यस कार्यक्रमको आयोजना गरिएको हो।


विधायिकाले भाजपाको लक्ष्य र दृढ संकल्प एउटै रहेको अनि जनताको विश्वास र स्नेहलाई साथ लिएर भविष्यमा अझ संगठित, सशक्त र जनमुखी संगठन निर्माण गर्नु रहेको बताइन् भने यस कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनु हुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरे साथै एकसाथ अघि बढ्ने प्रतिबद्धता सहित भाजपा दृढ र अडिग रहेको जनाइन्।

About Author

Advertisement