आनन्दपुर आगलागी: राज्यपालद्वारा प्रशासनिक असफलता स्वीकार

PDl-DhVNNAsCWtrA

कोलकाता: आनन्दपुर क्षेत्रको नाजीराबादमा भएको भीषण आगलागी घटनामा धेरैको ज्यान गएको छ भने अझै कैयौं व्यक्ति बेपत्ता छन्। पश्चिम बंगालका राज्यपाल डा. सी. भी. आनन्द बोसले शुक्रबार घटनास्थलको निरीक्षण गर्दै घटनालाई गम्भीर र चिन्ताजनक बताएका छन्।
राज्यपाल बोसले यस्ता घटनामा आँखा चिम्लिन नसकिने स्पष्ट पारे। उनका अनुसार आगलागीका लागि कानून कार्यान्वयन निकाय र सम्बन्धित गोदामका मालिक समान रूपमा जिम्मेवार छन्। आगलागी हुनु अघि, आगो फैलँदा तथा त्यसपछिका आवश्यक कदम नचालिँदा ठूलो जनधनको क्षति भएको उनले बताए।
घटनास्थल निरीक्षणपछि राज्यपालले दोष खोज्न नभई तथ्य संकलनका लागि आएको बताए। तर उनले प्रशासन अझ सतर्क हुनुपर्ने स्वीकार गर्दै यस्ता घटना बारम्बार हुनु सम्बन्धित निकायहरूको असफलताको संकेत भएको उल्लेख गरे।
लोकभवनबाट जारी विज्ञप्तिमा नाजीराबादजस्ता घटनाको पुनरावृत्ति रोक्न राज्यपालले महत्वपूर्ण सुझाव दिएको जनाइएको छ। भावनात्मक प्रतिक्रिया होइन, दीर्घकालीन र संस्थागत रणनीति अपनाउनुपर्नेमा उनले जोड दिए। उत्तरदायित्व उच्च तहबाट सुरु हुनुपर्ने र प्रभावशाली गोदाम मालिक तथा विकासकर्तालाई कुनै पनि प्रकारको छुट दिन नहुने राज्यपालको भनाइ छ।

About Author

Advertisement