आज राम लल्लाको अयोध्यामा फिर्ती भएको तेस्रो वर्ष, हर्षवर्धन श्रीङ्लाले व्यक्त गरे खुशी र शुभकामना

FB_IMG_1774539001043

दार्जिलिङ:आजदेखि तीन वर्षअघि राम लल्ला अयोध्यामा आफ्नै घर फर्किएको दिनको स्मरण गर्दै राज्यसभा सांसद हर्षवर्धन श्रीङ्लाले शुभकामना व्यक्त गरे।
श्रीङ्लाले भने, “यो अति हर्षको विषय हो कि आज हामी राम लल्लाको अयोध्यामा फिर्ती पछि पहिलो राम नवमी उत्सव मनाउँदैछौँ।”
उनले सबैलाई राम नवमीको शुभकामना दिँदै विश्वले भोगिरहेका विभिन्न ठूला संकटहरूको समाधानका लागि भगवान रामको आशिष प्राप्त होस् भन्ने कामना व्यक्त गरे।
श्रीङ्लाले यस अवसरमा धार्मिक भावना र सांस्कृतिक परम्पराको महत्त्वलाई पनि स्मरण गर्दै समग्र समाजमा शान्ति, एकता र समृद्धिको सन्देश प्रवाह गर्न आग्रह गरे।

About Author

Advertisement