जलपाईगुडी: जलपाईगुडी सहर नजिकैको देवनगरमा रहेको एक दर्जी पसलमा गएराति आगलागी भएको छ। आगलागीमा एक पसल जलेर खरानी भएको छ। घटनापछि स्थानीयवासी र दमकलले आगो निभाउने काम सुरु गरेका थिए। दमकलको टोलीले केही घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो।

शॉर्ट सर्किट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको पुलिसले र दमकलले अनुसन्धान गरिरहेको छ।








