नयाँ दिल्ली: आईसीसी (इण्टरनेशनल क्रिकेट काउन्सिल)-ले बंग्लादेशलाई ऐना देखाउँदै टी२० वर्ल्ड कपबाट बाहिर गऱ्यो। शनिवार आईसीसी-ले आधिकारिक पत्र जारी गरेर बंग्लादेशलाई बाहिर गरिएको फसेला सुनायो। यस साल ४ जनवरीदेखि शुरु भएको हाईभोल्टेज ड्रामा पछि अन्तमा बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-लाई ठूलो झट्का लाग्यो। आईसीसी-को यस फसेलाले गर्दा बीसीबी-को साथमा खेलाड़ीहरूलाई पनि ठूलो आर्थिक नोक्सान हुनेछ। न्यूज एजेन्सी पीटीआई-को रिपोर्टअनुसार, आईसीसी-ले बीसीबी-लाई आधिकारिक रूपले उनीहरूलाई टी२० वर्ल्ड कपबाट बाहिर गरिएको अनि खाली भएको स्थानमा स्कटल्याण्डलाई सामेल गरिएको जानकारी दिएको छ। बंग्लादेशले असुरक्षाको तर्क अघि राखेर टी२० वर्ल्ड कपको निम्ति भारत यात्रा गर्न अस्वीकार गरेको थियो। बंग्लादेशका पेस बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ बाट बाहिर गरिएपछि विवाद शुरु भएको थियो। आईसीसी अध्यक्ष जय शाहसहित अन्य केही शीर्ष अधिकारी शुक्रवार दुबईमा थिए अनि त्यही दिन साँझ बीसीबी अध्यक्ष अनीमुल इस्लाम बुलबुललाई एउटा ई-मेल पठाएर वैश्विक संस्थाले आफ्नो निर्णय बताएको छ। आईसीसी-ले बीसीबी अध्यक्षलाई भारत नआउने जिदमाथि पुनर्विचार गर्न २४ घण्टाको समयसीमा दिएको थियो तर बंग्लादेश क्रिकेट बोर्डबाट आईसीसी-लाई कुनै जवाफ प्राप्त भएन। यसकारण आईसीसी-ले आफ्नो फसेला लिएको छ। यसबाहेक बीसीबी-ले वैश्विक संस्थालाई आधिकारिक रूपमा सूचित गर्न अघि ढाकामा एउटा पत्रकार सम्मेलनको आयोजन गऱ्यो, जुन प्रोटोकलको उल्लंघन हो। यसैकारण बंग्लादेशलाई टी२० वर्ल्ड कपबाट बाहिर गरेर स्कटल्याण्डलाई सामेल गरिएको बीसीबी-लाई स्पष्ट रूपमा बताइएको छ। उल्लेखनीय छ, बंग्लादेशको खेल मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले सुरक्षा कारणहरूको तर्क अघि राखेर भारत यात्रा नगर्ने फसेला सुनाएका थिए जबकि आईसीसी-ले बोर्डलाई बारम्बार सुरक्षाको आश्वासन दिएको थियो। वर्ल्ड कपको कार्यक्रम अनुसार बंग्लादेशले लीग चरणको आफ्नो ४ वटा म्याच भारतमा खेल्नु थियो। यसमा कलकत्तामा ३ र मुम्बईमा एउटा म्याच रहेको थियो। अब बंग्लादेशको स्थानमा स्कटल्याण्ड ग्रुप सी-को हिस्सा बन्नेछ अनि कार्यक्रम अनुसार तय म्याचहरू खेलिनेछ। वर्ल्ड कपमा अन्य कुनै टीमलाई स्थान प्राप्त भएको यो पहिलोपल्ट चाहिँ होइन। साल २००९-मा जिम्बाब्वेले ईंग्ल्यााण्डमा भएको टी२० वर्ल्ड कपबाट हट्ने निर्णय लिएको थियो अनि त्यस समय पनि स्कटल्याण्डलाई मौका प्राप्त भएको थियो। यसपाली बंग्लादेशले टी२० वर्ल्ड कपको निम्ति भारतमा खेल्न अस्वीकार गरेको हुनाले आईसीसी-ले ऱ्याङकिंगको आधारमा स्कटल्याण्डलाई टुर्नामेण्टमा सामेल गर्ने फसेला लिएको छ।










