आईसीसी टी-२० विश्वकप छनोट: आज पहिलो सुपर सिक्स खेलमा नेपाल र युएई आमनेसामने हुँदै

IMG-20251012-WA0106

काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको पहिलो सुपर सिक्स खेल आज (आइतबार) चिरप्रतिद्वन्द्वी नेपाल र युएई बीच खेलिनेछ।
ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ।
आजको खेल नेपाल र युएई दुवैका लागि महत्वपूर्ण छ। सुपर सिक्सको शीर्ष तीनमा पर्ने टोलीले अर्को वर्षको विश्वकपमा स्थान सुरक्षित गर्नेछ।
नेपाल आजको खेलमा युएईलाई हराएर विश्वकपमा भाग लिने सम्भावनालाई अझ बलियो बनाउन चाहन्छ।
नेपाल र युएईसँगै ओमानको सुपर सिक्सको अङ्क तालिकामा २ अंक छ। नेट रन रेटमा नेपाल सुपर सिक्स अंक तालिकामा अग्रस्थानमा छ।
नेपाल समूह बी को विजेताको रूपमा सुपर सिक्समा प्रवेश गरेको छ। त्यस्तै, युएईले समूह ए को विजेताको रूपमा सुपर सिक्समा खेल्ने तय भएको छ।
समूह चरणमा नेपालले आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले र जापानलाई ५ विकेटले पराजित गरेको छ। नेपालले सुपर सिक्समा युएई, ओमान, कतार र सामोआसँगै खेल्नेछ।
समूह चरणमा जापानसँग पराजित भएका कारण नेपालले सुपर सिक्समा जापानसँग खेल्ने छैन।

About Author

Advertisement