आईपीएल २०२६ अघि दिग्गज धोनीलाई डीभीलियर्सको सल्लाह

IMG-20260318-WA0046

नयाँ दिल्ली: आईपीएल २०२६-को सीजन शुरु हुन गइरहेकको छ अनि एकपल्ट फेरि सबैको नजर चेन्नई सुपर किंग्स (सीएसके)-का अनुभवी विकेटकीपर ब्याटर महेन्द्र सिंह धोनीमाथि रहनेछ। धोनी यस लीगको शुरुवातदेखि हरेक सीजनमा खेलेका छन् अनि प्रशंसकहरू फेरि एकपल्ट उनलाई मैदानमा हेर्न चाहन्छन्। धोनीले पनि नयाँ सीजनको तयारी शुरु गरेका छन्। यसबीच आईपीएल शुरु हुन अघि दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एबी डीभिलियर्सले धोनीलाई सल्लाह दिएका छन्। डीभिलियर्सले उनको ब्याटिंग क्रमलाई लिएर बयान दिएका छन्। उनको भनाइअनुसार, आईपीएलको आउँदो सीजनमा धोनी छैटौं नम्बरभन्दा तल ओर्लिनु हुँदैन कारण आठौं या नवौं नम्बरमा खेल्दा उनको उपस्थितिसँग न्याय हुँदैन। आईपीएल २०२६-को शुरुवात २८ मार्चदेखि भइरहेको छ अनि ४४ वर्षीय धोनीलाई फेरि सीएसके-को निम्ति खेलिरहेको देखिनेछ। धोनीको भूमिकामाथि कुरा गर्दै डीभीलियर्सले भने, यो मुश्किल छ अनि सीधा मामिला होइन। ब्राण्ड बनाउन सालौं लाग्छ अनि सीएसके-ले धोनीको उपस्थितिमा धेरै सालमा यो साम्राज्य स्थापित गरेको छ, जो शुरुदेखि नै त्यहाँ रहेका छन्। तपाईंले सीएसके-को नाम लिँदा तुरन्तै दिमागमा धोनीको नाम आउँछ। मेरो विचारमा गत केही सालहरूमा उनको भूमिका ब्राण्डलाई जतिसक्दो मजबूत बनाइराख्ने रहेको छ। यसैकारण ८ या ९ नम्बरमा ब्याटिंग गर्दा म उनको कुनै भूमिका देख्दिन। यसबाहेक उनले गत केही सीजनदेखि केही खास गरेर देखाउन सकेका छैनन्। उनी ब्याटको साथ असरदार हुनसक्ने हामीलाई थाहा छ तर तल्लो क्रममा ब्याटिंग गरेर केही फाइदा हुनेछैन। यसबाहेक उनी टीमका कप्तान पनि होइनन्। यसैकारण अहिले उनले गलत कारणहरूले गर्दा टीममा एउटा स्थान भरिरहेको जस्तो लाग्छ। उनको निम्ति टीममा अहिले पनि स्थान छ। यसको निम्ति उनी ब्याटिंग क्रममा माथि आउनु पर्नेछ। उनले कम्तीमा पाँचौं या छैटौं नम्बरमा ब्याटिंग गर्नु पर्नेछ। मेरो विचारमा सञ्जु सेमसन कप्तानी सम्हाल्न सही व्यक्ति हुनेछन् अनि यसको श्रेय धोनीलाई जान्छ कारण उनी सही व्यक्ति आउने प्रतीक्षा गर्दै टीममा कायम रहे।

About Author

Advertisement