नयाँ दिल्ली: भारतका १४ वर्षीय स्टार ब्याटर वैभव सूर्यवंशीले यस साल दशौं श्रेणीको बोर्ड परीक्षामा सामेल नहुने फसेला गरेका छन्। अण्डर-१९ वर्ल्ड कपमा यादगार प्रदर्शनपछि उनको व्यस्त क्रिकेट शेड्यूलले गर्दा पढ़ाई सम्भव भएको छैन। वैभव अहिले आईपीएल २०२६-को तयारीमा जुटिसकेका छन्। उनी राजस्थान रोयल्सको प्री-सीजन क्याम्पमा सामेल भइसकेका छन्। वैभवको निम्ति २०२५ सीजन निक्कै व्यस्त रह्यो। उनले भारत अण्डर-१९ र इण्डिया ए टीमसँग धेरै अन्तर्राष्ट्रिय यात्रा गरे, जसले गर्दा उनले नियमित पढ़ाईको समय पाउन सकेनन्। उनी आफ्नो गृहनगर ताजपुर (बिहार) को मडेस्टी स्कूलमा नामांकित थिए अनि १७ फरवरीदेखि ११ मार्चबीच हुने बोर्ड परीक्षाहरूमा बस्ने थिए तर क्रिकेट प्रतिबद्धताहरूले गर्दा त्यो सम्भव हुन सकेन। उनको प्रशिक्षक मनीष ओझाले वैभवले यसपाली बोर्ड परीक्षा नदिने अनि आईपीएलको तयारीहरूमा ध्यान दिने पुष्टि गरेका छन्। उल्लेखनीय छ, वैभवले आईसीसी अण्डर-१९ वर्ल्ड कप २०२६-मा असाधारण प्रदर्शन गर्दै भारतलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। फाइनलमा ईंग्ल्याण्डविरुद्ध उनले ८० बलमा १७५ रनको रेकर्डतोड़ ईनिंग्स खेलेका थिए, जसमा १५ वटा छक्का र १५ वटा चौका सामेल थियो।










