असममा अन्तिम मतदाता नामावली सार्वजनिक, २ लाख ४३ हजारभन्दा बढी नाम हटाइए

Untitled-2460-x-1100-px-1536x687 (1)

गुवाहाटी: भारतको असम राज्यमा मंगलबार अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ। यस क्रममा प्रारम्भिक (मसौदा) नामावलीमा समावेश २ लाख ४३ हजारभन्दा बढी मतदाताको नाम हटाइएको निर्वाचन आयोगका एक अधिकारीले जानकारी दिएका छन्।
असमका मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार दाबी र आपत्तिसम्बन्धी प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशित गरिएको हो। अन्तिम सूचीमा कुल २ करोड ४९ लाख मतदाताको नाम समावेश गरिएको छ।
विज्ञप्तिमा जनाइएअनुसार अन्तिम नामावलीमा रहेको मतदाता संख्या प्रारम्भिक सूचीको तुलनामा ०.९७ प्रतिशतले कम छ। गत वर्ष डिसेम्बर २७ मा प्रकाशित प्रारम्भिक नामावलीमा २ करोड ५२ लाख मतदाताको नाम समावेश थियो।
असममा आगामी केही महिनाभित्र प्रदेशसभा निर्वाचन हुने तयारी भइरहेको छ।

About Author

Advertisement