अष्ट्रेलियन ओपनमा फर्किन तयार रफायल नडाल

IMG-20260120-WA0104

मेलबर्न: स्पेनका दिग्गज टेनिस खेलाड़ी तथा २२ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन रफायल नडाल एकपल्ट फेरि अष्ट्रेलियन ओपनको मञ्चमा देखिनेछन्। खेलबाट सन्न्यासपछि नडाल नाइट अव् लीजेण्ड्स नामक विशेष आयोजनअन्तर्गत १ फरवरीमा मेलबर्न पार्कमा फर्किनेछन्। त्यस दिन पुरुष एकलको फाइनलको साथमा नडालको प्रदर्शनी म्याच पनि हुनेछ। प्रदर्शनी म्याचमा नडालको साथमा पूर्व नम्बर एक खेलाड़ी एश्ले बार्टी र अष्ट्रेलियाका व्हीलचेयर टेनिस आइकन डायलन अल्कटले पनि हिस्सा लिनेछन्। यसअघि स्विट्जरल्याण्डका दिग्गज खेलाड़ी रोजर फेडररलाई पनि अष्ट्रेलियन ओपनको उद्घाटन समारोहमा देखिएको थियो। फेडररले १७ जनवरीमा रड लेवर एरिनामा भएको एउटा प्रदर्शनी डबल्स म्याचमा हिस्सा लिएका थिए। त्यस म्याचमा बार्टी, आन्द्रे आगासी, लेटन हेविट र प्याट्रिक राफ्टर पनि रहेका थिए। २ पल्टका अष्ट्रेलियन ओपन च्याम्पियन नडाललाई टेनिस इतिहासका सम्मानित खेलाड़ीहरूमा एक मानिन्छ। उनले आफ्नो करियरमा २२ वटा ग्राण्ड स्ल्याम खिताबको ससाथमा २ वटा ओलम्पिक स्वर्ण पदक पनि जितेका थिए।

About Author

Advertisement