मेलबर्न: नोवाक जोकोविचलाई अहिले पनि आफ्नो २५औं एकल ग्राण्ड स्ल्याम खिताब जित्न सफल हुने भरोसा रहेको छ अनि उनलाई आइतवारदेखि शुरु हुने अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा कार्लोस अल्काराज र यानिक सिनरबाट प्राप्त हुने कड़ा चुनौतीलाई पार गर्न सफल हुने आशा रहेको छ। जोकोविच गत वर्ष चारैवटा ग्राण्ड स्ल्याम टुर्नामेण्टको सेमिफाइनलमा पुगेका थिए तर प्रत्येकपल्ट अल्काराज या सिनरविरुद्ध पराजित भएका थिए। वर्षको पहिलो ग्राण्ड स्ल्याम टुर्नामेण्टमा उनले फेरि एकपल्ट यी दुई युवा खेलाड़ीबाट कड़ा चुनौतीको सामना गर्नु पर्नेछ। अष्ट्रेलियन ओपनको पूर्व सन्ध्यामा जोकोविचले भने, २०२५-मा मैले सिनर या अल्काराजविरुद्ध खेलिएको ४ वटा ग्राण्ड स्ल्याम म्याचमा ३-मा हारको सामना गर्नु परेको थियो। उनले ठट्टा गर्दै भने, हामीले उनीहरूको बेसी प्रशंसा गर्ने आवश्यकता छैन। उनीहरूका प्रशंसा हामीले पहिला नै धेरै गरिसकेका छौं। उनीहरू कतिको असल खेलाड़ी हुन् भन्ने हामीलाई थाहा छ। उनीहरू अहिले जहाँ छन् त्यस स्थानको हकदार छन्। उनीहरू अहिले पुरुष टेनिसका सबैभन्दा मजबूत खेलाड़ी हुन्।
जोकोविचले आफ्नो २५औं ग्राण्ड स्ल्याम खिताबको खोजमा तेस्रो सत्रको शुरुवात गरिरहेका छन्। उनले अष्ट्रेलियन ओपनको निम्ति आफ्नो दृष्टिकोण सामान्य बद्लिएका छन्। उनले आफ्नो एकमात्र निर्धारित अभ्यास टुर्नामेण्टबाट नाम फिर्ता लिए कारण उनी युवा खेलाड़ीहरूका सामना गर्न सम्पूर्ण रूपले फिट रहन चाहन्छन्। सर्बियाका ३८ वर्षीय खेलाड़ी आफूलाई म्याचमा कायम राख्न अहिले हरसम्भव प्रयास गरिरहेका छन्। जोकोविचले अन्तिमपल्ट २०२३-मा यूएस ओपनको रूपमा कुनै ग्राण्ड स्ल्याम खिताब जितेका थिए। सिनर अष्ट्रेलियन ओपनमा गत २ पल्टका च्याम्पियन हुन् जबकि अल्काराज मेलबर्न पार्कमा खिताब जितेर करियर ग्राण्ड स्ल्याम पूरा गर्न प्रतिबद्ध छन्। जोकोविचले गत वर्ष टुर्नामेण्टको क्वार्टर फाइनलमा अल्काराजलाई पराजित गरेका थिए तर ह्याम्स्ट्रिंगको चोटले गर्दा उनले सेमिफाइनल म्याच बीचमा छोड़नु परेको थियो। जोकोविचले भने, सिनर र अल्काराज अहिले अन्य सबै खेलाड़ीहरूभन्दा एकदमै अलग स्तरमा खेलिरहेका छन्। यो सत्य कुरा हो तर अन्य कसैसँग ट्रफी जित्ने मौका छैन भन्ने पनि होइन। मलाई सदा जीतको आशा हुन्छ। १० पल्टका अष्ट्रेलियन ओपन च्याम्पियन जोकोविचले सोमवार रड लेवर एरेनामा स्पेनका पेड्रो मार्टिनेजविरुद्ध आफ्नो अभियान शुरु गर्नेछन्।









