नयाँ दिल्ली: भारत सरकारका सूचना तथा प्रसारण राज्यमन्त्री एल. मुरुगनले बुधबार संसदमा जानकारी दिँदै अश्लील तथा आपत्तिजनक सामग्री प्रसारण गर्ने ४३ ओटीटी प्लेटफर्म लाई ब्लक गरिएको बताएका छन्। लोकसभामा लिखित जवाफ दिँदै उनले ओटीटी प्लेटफर्महरूलाई कानुनले प्रतिबन्धित सामग्री प्रसारण गर्न नपाइने स्पष्ट गरे।
मन्त्रीका अनुसार ओटीटी सामग्री सूचना प्रविधि (मध्यस्थ निर्देशिका तथा डिजिटल मिडिया आचारसंहिता) नियम, २०२१ अन्तर्गत नियमन गरिन्छ। नियमअनुसार सामग्रीको उमेरअनुसार वर्गीकरण अनिवार्य छ र अश्लील तथा गैरकानुनी विषयवस्तु निषेध गरिएको छ।
आचारसंहिता कार्यान्वयनका लागि तीन तहको निगरानी प्रणाली लागू गरिएको छ:
१. प्रसारकद्वारा स्व-नियमन २. स्व-नियामक संस्थाद्वारा निगरानी
३. केन्द्र सरकारको निरीक्षण संयन्त्र
उल्लेखनीय छ कि यसअघि पनि सरकारले जुलाई २०२५ मा २५ ओटीटी प्लेटफर्म बन्द गरेको थियो। त्यस्तै, २०२४ मा १८ ओटीटी प्लेटफर्म, १९ वेबसाइट, ५७ सामाजिक सञ्जाल ह्यान्डल र १० एप्सलाई पनि ब्लक गरिएको थियो। बन्द गरिएका प्लेटफर्ममा एलटी, उल्लू र देसी फ्लिक्स जस्ता चर्चित एपहरू समेत समावेश थिए।









