नयाँ दिल्ली: इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको खबर सार्वजनिक भएको छ। यो जानकारी बीबीसी न्यूज़ले सीबीएस न्यूज़लाई उद्धृत गर्दै जनाएको हो।
रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले खामेनीको मृत्यु भएको पुष्टि गरेका छन्। आक्रमणमा खामेनीसहित करिब ४० जना इरानी उच्च अधिकारीको पनि मृत्यु भएको बताइएको छ।
राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण शासन व्यवस्था परिवर्तनका लागि गरिएको उल्लेख गर्दै अब इरानी जनताका लागि नयाँ अवसर सिर्जना भएको बताएका छन्।
यसैबीच, अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले प्रतिकारस्वरूप बहराइन, दोहा, दुबई र कुवेतमा मिसाइल आक्रमण गरेको जनाइएको छ। घटनापछि क्षेत्रीय तनाव थप चर्किएको छ।










