दार्जिलिङ: लोकसभा सांसद राजु विष्टले वरिष्ठ अभिनेता सुनिल थापाको निधनप्रति दुःख व्यक्त गर्न जनतासँगै जोडिए।
सामाजिक संजाल मार्फत विष्टले सुनिल एक बहुमुखी अभिनेता रहेका र उनले बलिउडमा कमल हासन जस्ता महान कलाकारसँग “एक दूजे के लिये” मा डेब्यु गरे र त्यसपछि ३०० भन्दा बढी नेपाली, भोजपुरी र हिन्दी चलचित्रमा अभिनय गरे भनि जनाए।
सांसद विष्टले सुनिलको अभिनय कौशल सजिलैसँग विभिन्न विधालाई पार गर्दै नेपाली र भारतीय सिनेमा दुनियाँबीचको पुलको रूपमा काम गरेको बताए। साथै सुनिलको परिवार, मित्रहरू र भारत, नेपाल तथा विश्वभरिका फ्यानसँग ॐ शान्तिको वाचनसितै गहिरो समवेदना व्यक्त गरे।










