अप्रत्याशित हारको सम्मुखीन बनिन् कोको गौफ

IMG-20260127-WA0091

मेलबर्न: तेस्रो वरीयता प्राप्त कोको गौफ अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको क्वार्टर फाइनलमा उलटफेरको शिकार बनिन्। अमेरिकाकी स्टार खेलाड़ी गौफले युक्रेनकी एलिना स्वितोलिनाविरुद्ध निराशाजनक हारको सामना गर्नु पऱ्यो। म्याचमा अप्रत्याशित हारपछि अमेरिकी खेलाड़ी गौफले आफ्नो ऱ्याकेटमाथि रिस पोखाइन्। स्वितोलिनाले असाधारण प्रदर्शन गर्दै अमेरिकी खेलाड़ीलाई सीधा सेटमा ६-१, ६-२-ले पराजित गरिन्। यस जीतको साथ ३१ वर्षीय स्वितोलिनाले टुर्नामेण्टमा ठूलो उलटफेर मात्र नगरेर पहिलोपल्ट अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पनि स्थान बनाइन्। म्याच समाप्त भएपछि कोको गौफ शान्त तरिकाले चेजिंग रूम तर्फ गइरहेकी थिइन् तर अचानक उनले कल एरियामा ७ पल्ट ऱ्याकेट पछारेर आफ्नो निराशा व्यक्त गरिन्। म्याचमा गौफको हारको मुख्य कारण कमजोर सर्विस रह्यो। उनले म्याचको अवधि पाँचपल्ट डबल फल्ट गर्नको साथै चारपल्ट आफ्नो सर्विस गुमाइन्। स्वितोलिनाको यसको पूरा फाइदा उठाइन्। यसरी स्वितोलिनाले आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब जित्ने सम्भावनाहरूलाई जीवित राखिन्। यसअघि तीनपल्ट क्वार्टर फाइनलमा पुगे पनि उनले सेमिफाइनलमा स्थान बनाएकी थिइनन्। सेमिफाइनलमा स्वितोलिना र विश्वकी नम्बर एक खेलाड़ी आर्यना सबालेंकाबीच भिड़न्त हुनेछ।

About Author

Advertisement