अण्डर-१९ वर्ल्ड कपको सेमिफाइनलमा अफगानिस्तानलाई चुनौती दिन तयार भारत

IMG-20260203-WA0209

हरारे: भारतीय टीम अफगानिस्तानविरुद्ध आईसीसी अण्डर १९ वर्ल्ड कपको सेमिफाइनलमा पनि जीतको क्रम जारी राख्ने लक्ष्य लिएर खेल्न ओर्लिनेछ। आयुष म्हात्रेको कप्तानीमा रहने भारतीय टीम यस वैश्विक टुर्नामेण्टमा अहिलेसम्म अजेय रहेको छ अनि बुधवार खेलिने सेमिफाइनलमा पनि भारतको पल्ला भारी रहनेछ। भारत यस टुर्नामेण्टको सबैभन्दा सफल टीम हो अनि ५ पल्ट (२०००, २००८, २०१२, २०१८ र २०२२) खिताब जितेको छ। दोस्रो नम्बरमा अष्ट्रेलिया (४ पल्ट) रहेको छ। भारतसँग अहिले रेकर्ड छैटौंपल्ट खिताब जित्ने मौका रहेको छ। भारतले टुर्नामेण्टमा आफ्नो सबै ५ वटा म्याच सजिलैसँग जितेको छ। अफगानिस्तानले पनि टुर्नामेण्टमा असाधारण प्रदर्शन गरेको छ। उनीहरूले आफ्नो ५ वटा म्याचमा ४ वटा जितेका छन्। अफगानिस्तान मजबूत प्रतिद्वन्द्वी भए पनि खेलाड़ीहरूका फर्म र खेलको हरेक क्षेत्रमा असल प्रदर्शनले गर्दा सेमिफाइनलमा भारतलाई जीतको दावेदार मानिएको छ। भारतीय टीमका विकेटकीपर ब्याटर अभिज्ञान कुण्डू असाधारण फर्ममा छन् अनि यस देब्रे हातका ब्याटरले २ वटा अर्द्धशतकको साथ १९९ रन बनाएका छन्। यसरी ओपनर वैभव सूर्यवंशीले पनि २ वटा अर्द्धशतकको साथ १९६ रन बनाएका छन्। अलराउण्डर विहान मल्होत्रामाथि पनि सबैको नजर रहनेछ, जसले जिम्बाब्वेविरुद्ध म्याचमा शतक बनाएका थिए। कप्तान म्हात्रेले ६ विकेट लिए पनि उनको ब्याटिंगमा चाहिँ उनले केवल ९९ रन बनाएका छन्। हेनिल पटेल र आरएस अंबरीशको पेस जोड़ीले पनि असल प्रदर्शन गर्दै ८ विकेट हासिल गरेको छ। भारत र अफगानिस्तानबीच म्याच दिउँसो १ बजीदेखि शुरु हुनेछ। यसबीच मंगलवार खेलिएको टुर्नामेण्टको पहिलो सेमिफाइनलमा ईंग्ल्याण्डले अष्ट्रेलियालाई २७ रनले पराजित गरी फाइनलमा स्थान बनायो।

About Author

Advertisement