अंतरिक्ष यात्री शुभांशु शुक्लाले सचिनलाई गरे सम्मानित

IMG-20260219-WA0071

मुम्बई: मुम्बईमा आयोजित जलवायु परिवर्तन जागरुकता कार्यक्रममा भारतीय अन्तरिक्ष यात्री अनि भारतीय वायुसेनाका ग्रुप क्याप्टन शुभांशु शुक्लाले क्रिकेटका दिग्गज सचिन तेन्दुलकरलाई सम्मानित गरे। यो कार्यक्रम पर्यावरण संरक्षण र जयवायु संकट प्रति जागरुकता बढ़ाउने उद्देश्यले आयोजित गरिएको थियो। कार्यक्रमको अवधि वक्ताहरूले जलवायु परिवर्तनको बढ़िरहेको प्रभावहरूमाथि चिन्ता व्यक्त गरे अनि मानिसहरूसँग पर्यावरण प्रति जिम्मेवार व्यवहार अप्नाउने अपील गरे। शुभांशु शुक्लाले विज्ञान र तक्निकको भूमिकालाई रेखांकित गर्दै अन्तरिक्ष अनुसन्धानले पनि पृथ्वीको रक्षामा महत्त्वपूर्ण योगदान दिनसक्ने बताए। यसरी सचिन तेन्दुलकरले युवाहरूसँग पर्यावरण संरक्षणलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउने अपील गरे। उनले भने, ससाना कदमहरूले पनि ठूलो बद्लाउ ल्याउन सक्छ। कार्यक्रममा उपस्थित मानिसहरूले हरित पहल र सतत विकासको निम्ति प्रतिबद्धता व्यक्त गरे।

About Author

Advertisement