नयाँ दिल्ली: ओलम्पिक पदक विजेता पीभी सिन्धु र मीराबाई चानूसहित १० जना खेलाड़ीलाई निर्विरोध भारतीय ओलम्पिक संघ (आईओए)-को एथलीट आयोगको सदस्य चयन गरियो। पूर्व ट्र्याक एण्ड फील्ड एथलीट सुधा सिंहले सोमवार अबेर राति चुनावी दौड़बाट हट्ने फसेला गरेपछि मतदान गराउने आवश्यकता परेन कारण १० वटा सीटको निम्ति केवल १० जना उम्मेद्वार रहेका थिए। निर्वाचन अधिकारी सञ्जय के श्रीवास्तवले मंगलवार ५ जना पुरुष र ५ जना महिलासहित सबै १० उम्मेद्वारहरूलाई निर्विरोध निर्वाचित घोषित गरे। यसअघि सोमवार स्टार ब्याडमिण्टन खेलाड़ी किदाम्बी श्रीकान्तले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए। एथलीट आयोगको अध्यक्ष र उपाध्यक्ष पदहरूमा एकजना पुरुष र एकजना महिलालाई चयन गरिनेछ। यी पदहरूमा निर्वाचित हुने चारमा दुईजना पदाधिकारी आईओए-को कार्यकारी परिषदको सदस्य बन्नेछछन्। यसबाहेक एथलीट आयोगका दुईजना सदस्य (एकजना पुरुष अनि एकजना महिला) मतदान अधिकारको साथमा आईओए-को आम सभाको सदस्य बन्नेछन्। यी दुईजना प्रतिनिधिले ५ दिसम्बरमा हुने आईओए कार्यकारी परिषदको चुनाउमा एथलीट आयोगको तर्फबाट हिस्सा लिनेछन्। एथलीट आयोगका अध्यक्ष र उपाध्यक्षको साथ-साथ आईओए-को आम सभाका दुईजना प्रतिनिधिको चुनाउ पछिबाट गराइनेछ।
आईओए एथलीट आयोगका निर्विरोध निर्वाचित सदस्यहरू यसप्रकार छन्: पीवी सिन्धु, मीराबाई चानू, हरमनप्रीत सिंह, सलीमा टेटे, स्वप्निल कुसाले, भवानी देवी, तजिन्दरपाल सिंह तूर, बोम्बाल्या देवी, साजन प्रकाश र मञ्जीत सिंह।





