महिलासित शारीरिक सम्बन्ध बनाएको आरोपमा युवक पक्राउ

image0_1.2e16d0ba.fill-1600x900.format-webp_IswTZuw.webp

सिलगढी: पहिला प्रेम अनि त्यसपछि विवाह गर्ने प्रलोभन देखाएर प्रेमिकासित थुप्रै पल्ट शारीरिक सम्बन्ध बनाएर तर अर्कै युवतीसित विवाह गर्ने अन्तिम तयारी चलिरहेको थाहा पाएपछि प्रेमिकाले महिला थानामा यसबारे अभियोग दर्ता गरे। यस पछि आरोपी युवकलाई पुलिसले पक्राउ गरेको छ।यो घटना सिलगढीको सन्तोषी नगर इलाकाको हो। घटनाक्रम अनुसार सन्तोषी नगर इलाका निवासी २७ वर्षीय मिठून साहनीको उमेरले आफुभन्दा १० वर्ष ठूलो प्रधान नगर थाना अन्तर्गत दार्जिलिङ मोडमा बस्ने ३७ वर्षीय एकजना महिलासित प्रेम सम्बन्ध हुँदछ। मिठून साहनीले सो महिलालाई विवाह गर्ने प्रलोभन देखाएर शारीरिक सबन्ध बनाउँदछ। अर्कोतिर, प्रेमी मिठूनको परिवारले तिनको विवाहको लागि अर्कै युवती हेरिदिए पछि मिठूनले सो महिलासित भेट्न छोडेर सम्बन्ध पनि टाढो बनाउन थाल्छन्।यसपछि ३७ वर्षीय महिलाले घटनाबारे थाहा पाएपछि आफुलाई विवाहको फोस्रो आश्वासन दिएर यौन सम्बन्धको लागि मात्र प्रेमको नाटक रचेको थाहा पाएपछि सो महिलाले मिठून साहनीले आफुमाथि धोका दिएर दुष्कर्म गरेको आरोप लगाउँदै महिला थानामा लिखित अभियोग दर्ता गरेपछि तिनलाई पुलिसले पक्राउ गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *