करेन्ट लागेर एक युवकको मृत्यु

00-1-Chheriya-Samachar-3

कुचबिहार: माथा भाङ्गा २ नम्बर ब्लकको रूईभाङ्गा इलाकाको एउटा घरमा विद्युत् जडान गर्ने क्रममा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको घटनाले इलाकामा शोकको लहर छाएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार इलाकाको एउटा घरमा विद्युत् जडान गर्ने क्रममा नै यो घटना घटेको हो। विद्युत कनेक्सनको लागि सो युवक बिजुलीको खाँबोमा चढेपछि बिजुलीको करेन्ट लागेर युवक त्यहीँ तारमा झुन्डिएको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस र दमकल कर्मी घटनास्थलमा पुगेर युवकको मृतदेह उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *