दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकै सबैभन्दा लामो समुद्री पुल मुम्बई ट्रान्स हार्बर लिंक (एमटीएचएल)-माथि प्रसन्नता व्यक्त गर्दै भने, यो भावी पिँढ़ीको बुनियादी ढाँचा हो जसले मानिसहरूको लागि ‘ईज अफ् लिभिङ’-लाई बढ़ावा दिनेछ। एमटीएचएलको विशेषताको बारेमा महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसको ट्वीटको जवाफ दिँदै प्रधानमन्त्रीले शुक्रवार ट्वीट गरे, ‘आउँदो पिँढ़ीको बुनियादी ढाँचा जसले मानिसहरूको लागि ‘ईज अफ् लिभिङ’-लाई बढ़ावा दिनेछl’
उल्लेखनीय छ, प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१८ मा यसको आधारशिला राखेका थिए। सेवरीदेखि न्हावाबीच २२ किलोमीटर लामो ६ लेन समुद्री पुल हो। यस पुलबाट ईन्धन, परिवहन लागत र यात्राको १ घण्टाको समय बँच्छ। -हिस
Post Views: 7