के-लीगः गोरुबथान फूटबल क्लब विजयी

photocollage_202352619499768.jpg

२६ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा गोरुबथान फूटबल क्लबले रोचक जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा शुक्रवार खेलिएको म्याचमा गोरुबथान एफसी-ले नादोङ भूटिया फूटबल एकाडमीलाई ४-२-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट मिंगमा शेर्पाले २ गरे। मिका राई र सरोज थापाले १-१ गोल गरे। यसरी नादोङ भूटिया एफए-बाट नादोङ स्वयं र अर्पण सुब्बाले १-१ गोल गरे। मिंगमा शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ।

शनिवार खेलिने दुईवटा म्याच खेलिनेछ। पहिलो म्याच दिउँसो १ बजीदेखि कालेबुङ जिल्ला पुलिस र सेसोनिअन एफसी-बीच खेलिनेछ। यसरी युनाइटेड ब्रदर्स र हिमालश्री एथलेटिक क्लबबीच दोस्रो म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *